एआईआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा हिमालयन एभरेष्टका सिईओ विजयबहादुर शाह चयन

काठमाडौं । एआईआरडिसीको कार्यकारी बोर्ड ट्रस्टीमा हिमालयन एभरेष्टका सिईओ विजयबहादुर शाह चयन भएका छन् । घानाको राजधानी आक्रामा सेप्टेम्बर २७ मा सम्पन्न भएको विकासशील राष्ट्रहरूको बिमा तथा पुनर्बिमा कम्पनीहरूको २३ औं सम्मेलनमा शाहलाई कार्यकारी बोर्ड ट्रस्टीमा चयन गरेको हो ।

सम्मेलनले प्रेसिडेन्टमा घानाकै क्वालिटी जीवन बीमा कम्पनी लिमिटेड चेयरम्यान हारुन् इसा अनफुरेलाई चयन गरेको छ भने भाइस प्रेसिडेन्टमा बैंकक बीमा पब्लिक कम्पनी थाइल्यान्डका सीईओ च्याइ सोफोनपानिच चयन भएका हुन् ।

सम्मेलनले बहराइनको ट्रस्ट रि का कार्यकारी सञ्चालक यासिर अलबहारना, नेपालबाट हिमालयन एभरेस्ट इन्स्योरेन्सका सीइओ विजय बहादुर शाह, फिलिपिन्सका मर्केन्टाइल बीमा कम्पनीका स्वतन्त्र सञ्चालक अस्तर ट्यान, बीमा र पेन्सन आयोग आयुक्त ग्रेस मुरादर्जीक्व, श्रीलंकाको सिलिन्को बीमाका चिफ टेक्निकल अफिसर जगथ अल्विस, तान्जानिया पुर्न बीमा कम्पनीका चेयरम्यान विल्सन एनडेसान्जो र म्यानुअल एस्कोबेडोलाई चयन गरेको हो ।

सम्मेलनमा जनरल इन्स्योरेन्स भारतका चेयरम्यान दिवेस श्रीवास्तव बाहिरिएका थिए । एआइआरडिसी एक्जुकेटिभ बोर्ड ट्रस्टीको कार्यकाल आगामी २०२४ सम्म २ वर्षको हुनेछ ।

नेपालबाट यसअघि नै शाहले सन २०१६-२०१८ मा भाइस प्रेसिडेन्ट र २०१८-२०२० मा प्रेसिडेन्ट भएर काम गरिसकेका थिए । शाहलाई नेपालमा मात्रै होइन एआइआरडिसी राष्ट्रले समेत बिमा विज्ञको रूपमा मान्दै आएको छ । एआइआरडिसीमा ३६ डेभलपमेन्ट देशहरू आबद्ध रहेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स