हाइड्रोइलेक्ट्रिसिटीले माग्यो चार प्रबन्धकसहित १० कर्मचारी

काठमाडौं । सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ ।

लोकसेवा आयोगमार्फत लिइने परीक्षाका लागि कम्पनीले शुक्रबार विज्ञापन खोलेको हो । जसअनुसार चार प्रबन्धकसहित विभिन्न १० पदमा जागिरको अवसर छ । कम्पनीले प्रशासन र वित्तमा एक/एक जना तथा इन्जिनियरिङमा दुई जना प्रबन्धक माग गरेको हो ।

यसैगरी, दुई/दुई जना वरिष्ठ अधिकृत, अधिकृत र वरिष्ठ सहायकका लागि पनि दरखास्त दिन सकिने कम्पनीले जनाएको छ । असोज १४ गतेसम्म दरखास्त दिन सकिनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स