एकैदिन यति धेरैले घट्यो सुनको मूल्य, कतिमा किनबेच हुँदैछ ?

काठमाडौं । मंगलबार छापावाल सुनको मूल्य १२ सय रूपैयाँले घटेको छ ।

सोमबार, छापावाल सुनको मूल्य प्रतितोला ९५ हजार २ सय रुपैयाँ कायम भएकोमा आज १२ सय रूपैयाँले घटेर ९४ हजार रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९३ हजार ५ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले घटेर १२ सय १५ रूपैयाँ कायम भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स