२७ अंकले घट्यो नेप्से, अभियान लघुवित्तमा लाग्यो सर्किट, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । हिजो हरियाली छाएको सेयर बजारमा आज गिरावट आएको छ ।

सोमबार, नेप्से परिसूचक २७.१६ अंकले घटेर १८७१.२२ अंक विन्दुमा आइपुगेको छ ।

आज ३१ लाख ५५ हजारको कित्ता सेयर ९७ करोड १७ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ म्यूचल फण्ड बाहेक सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज १९ वटा कम्पनीको सेयर मूल्य बढ्दा १६४ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

त्यसैगरि, अभियान लघुवित्तको सेयरमा ९.९९ प्रतिशतको सर्किट लागेको छ ।

आज हिमालयन एभरेष्ट इन्सोरेन्स प्रमोटरको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १६ करोड ५८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, नेपाल इन्सोरेन्स प्रमोटर सेयरको ६ करोड ६ लाख, नबिल बैंकको ४ करोड ८२ लाख, हिमालयन डेष्टिलरीको ३ करोड ५८ लाख र लुम्बिनी विकास बैंकको २ करोड ९ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स