काठमाडौं । रेमिट्यान्स सेवाबाट स्थापित बनेको नेपालको प्रतिष्ठित व्यावसायिक औद्योगिक समूहअन्तर्गतको आईएमई रेमिटले चाडपर्व लक्षित गरी ‘आईएमई साथैमा, मोबाइल हातैमा, १० लाख खातैमा’ नामक नयाँ स्कीम सार्वजनिक गरेको छ । आईएमई रेमिटले यस वर्षको दशै तिहार तथा छठ पर्वलाई लक्षित गरी उक्त योजना ल्याएको हो । हाल सञ्चालनमा रहेको योजना आईएमईको २३ औं संस्करण हो ।

आईएमईको यो अफरमार्फत विदेशबाट पैसा पठाउने सेवाग्राहीहरूमध्ये एक जनालाई दैनिक सामसुङ् मोबाइल उपहार स्वरूप प्रदान गरिने छ । साथै, हरेक हप्ता ‘आईएमई पे’ मोबाइल वालेटबाट खातामा रकम प्राप्त गर्ने २ जना सेवाग्राहीलाई जनही २५/२५ हजार रुपैयाँ उपहार स्वरूप प्रदान गर्नेछ । त्यस्तै अफर अवधिमा एक जना भाग्यशाली विजेतालाई बम्पर उपहार स्वरुप १० लाख रुपैयाँ प्रदान गरिने आईएमई गू्रपका वरिष्ठ सूचना अधिकारी राजु पौडेलले जानकारी दिए ।

उक्त अफर २०७८ साल भाद्र १६ गतेदेखि कार्तिक १६ (तदनुसार सेप्टेम्बर १–नेभेम्बर २, २०२२) गतेसम्म ९ हप्ता अर्थात ६३ दिन लागू हुनेछ । योजनाबाट ८२ जना सेवाग्राहीहरू प्रत्यक्ष लाभान्वित हुनेछन् ।

‘अफरमा ६३ दिनसम्म दैनिक एकजनाले एउटा मोबाइल पाउने छन् भने ९ सातामा १८ जना (आईएमई डिजिटल वालेटमार्फत पैसा पठाउने सातामा दुई जना) ले २५/२५ हजार रुपैयाँ र १ जनाले ‘बम्पर उपहार’ स्वरुप १० लाख रुपैयाँ नगद उपहार पाउने छन्,’ पौडेलले भने ‘१० लाख रुपैयाँको बम्पर उपहार ‘लक्की ड्र’ मार्फत छनोट भएका भाग्यशाली विजेताले पाउनु हुनेछ ।’

‘अफरमा ६३ दिनसम्म दैनिक एकजनाले एउटा मोबाइल पाउने छन् भने ९ सातामा १८ जना (आईएमई डिजिटल वालेटमार्फत पैसा पठाउने सातामा दुई जना) ले २५/२५ हजार रुपैयाँ र १ जनाले ‘बम्पर उपहार’ स्वरुप १० लाख रुपैयाँ नगद उपहार पाउने छन्,’ पौडेलले भने ‘१० लाख रुपैयाँको बम्पर उपहार ‘लक्की ड्र’ मार्फत छनोट भएका भाग्यशाली विजेताले पाउनु हुनेछ ।’

‘यो उपहार पाउनका लागि यति उति रकम पठाउनु पर्ने भनेर कुनै सीमा वा शर्त राखिएको छैन,’ उनले थपे ‘आईएमईले यो स्कीम कुनै शर्त बिना विदेशबाट पैसा पठाउने जुनसुकै ग्राहकलाई दैनिक मोबाइल, साता दुई जनालाई नगर उपहार सहित १० लाख रुपैयाँको बम्पर उपहार दिने थिम तयार पारेको हो ।’

कम्पनीको यहि अभ्यासले गर्दा नै अहिले पनि आईएमई धेरै नेपालीको विदेशबाट पैसा पठाउने एउटा भरपर्दो र विश्वासिलो माध्यम बनेको छ । लामो अविसमरणीय सम्बन्ध र विश्वासको प्रतिकका रुपमा खडा भएको छ । स्वदेशदेखि विदेशसम्म रहेका नेपालीहरूबीचको यही सम्बन्ध, विश्वास र मायालाई आईएमईले आफूलाई भरपर्दो साथीको रुपमा उभ्याएको छ । विदेशमा रहेका नेपालीहरूले कमाएको रकम सुरक्षित रुपमा छिटो नेपालमा रहेका परिवारको हातमा पुर्याउन अठोटका साथ आइएमई विगत २२ वर्षदेखि निरन्तर सक्रिय छ ।

अहिले आईएमईले कति पैसा ल्यायो भनेर हेर्नु भन्दा पनि यस खालको अभ्यासमा आईएमईले यो क्षेत्रमा गरेको योगदान र यसको महत्वलाई बुझ्न आवश्यक छ । नेपालमा यो संस्कृति आईएमईले नै भित्र्याएको हो र अनन्तकालसम्म अर्थात इतिहासको पन्नामा आईएमई कै नाम सुनौलो अक्षरमा लेखिन्छ ।

विदेशमा कमाएको रकम वैधानिक च्यानलमार्फत नेपालमा भित्र्याउने मूल श्रेय आईएमईलाई नै जान्छ । अहिले आईएमईले कति पैसा ल्यायो भनेर हेर्नु भन्दा पनि यस खालको अभ्यासमा आईएमईले यो क्षेत्रमा गरेको योगदान र यसको महत्वलाई बुझ्न आवश्यक छ । नेपालमा यो संस्कृति आईएमईले नै भित्र्याएको हो र अनन्तकालसम्म अर्थात इतिहासको पन्नामा आईएमई कै नाम सुनौलो अक्षरमा लेखिन्छ ।

२२ वर्षको यो अवधिमा आईएमईले सिकाएको यो अभ्यास गर्ने कम्पनी नेपालमा ५०/५२ वटा पुगेका छन्, ती सबैको जुन संस्थागत स्वरुप छ, यी सबै कम्पनी स्थापना गर्ने र सोहि प्रकृतिको काम गर्ने, संस्थागत नेतृत्व गर्ने काम त आईएमई नै गरेको छ । कोभिडपछि गत असार साउनदेखि वैदेशिक रोजगारीमा जाने बढेका छन् । अहिले वर्षको यो अफरमा पनि रेमिट्यान्स ४० सै प्रतिशतले नबढेपनि २०/२५ प्रतिशतले भने बढ्ने अनुमान कम्पनीले गरेको छ ।

आईएमईले मात्र कति पैसा ल्याउँछ भन्नु भन्दा पनि रेमिट्यान्स बजारमा आईएमईले जुन संस्थागत स्वरुप निर्माण गर्यो र त्यसको अभ्यास गर्न सिकायो त्यसको प्रभाव स्वरुप अहिले आईएमई अब्बल कम्पनी मात्रै बनेको छैन नेपालको कुल जीडीपीमा २५ प्रतिशत रेमिट्यान्सको अनुपात देखिन थालेको छ ।

विदेशमा पसिना बगाएर कमाएको पैसा उनीहरूको घरपरिवारसम्म सरल र सहज ढंगबाट पुर्याउन सधै आफूलाई सहयात्रीको रुपमा उभ्याएको छ । नेपालको प्रतिष्ठित व्यावसायिक तथा औद्योगिक समूह आईएमई समूहका अध्यक्ष ढकालले यहि रेमिटबाटै आफ्नो ब्राण्ड पनि बनाए ।

सन् २००१ मा आईएमईको स्थापना भएको हो । स्थापनादेखि नै रेमिट्यान्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पुर्याउन प्रतिबद्व कम्पनीले गरेको थियो । कम्पनीले सेवा शुभारम्भको यात्रामा गरेको प्रतिवद्धता अनुरुप नेपालका सहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने ७७ जिल्लामा रहेका एजेन्ट र सव एजेन्ट तथा बैंक तथा वित्तीय संस्थाका शाखामार्फत् विदेशमा कार्यरत नेपालीहरूले दुःख गरि कमाएको रकम देशका विभिन्न क्षेत्रमा रहेका आफन्तको हातमा छिटो, छरितो र सुरक्षित तवरबाट पुर्याएको छ । २२ वर्ष अघि गरेको अठोटलाई सार्थक बनाएको छ ।

नेपालबाट पुस्तौंपुस्तादेखि भारतमा चाहे मौसमी कामदारको रुपमा होस् वा अन्य हिसावले होस् काम गर्न जाने चलन छँदै नै थियो । आजको सन्र्दभमा त विश्वका विभिन्न मूलुकमा काम गर्न जाने अभ्यास बढेको छ । त्यो बेलामा पनि कुनै न कुनै हिसावले नेपालमा पैसा ल्याउने प्रचलन थियो ।

हामीले ठूलो संर्घष गरेरे सञ्जाल बनायौं र व विदेशमा बसेर काम गरेका दाजुभाइ तथा दिदी बहिनीलाई वैधानिक च्यानलमार्फत पैसा पठाउन सिकायां ,’ पौडेलले सम्झे ‘यति बेला अहिलेको जस्तो प्रविधि थिएन ।’ पैसा संकलन गर्नेदेखि सुरक्षित हिसावले घरपरिवारसम्म पैसा पठाउने कामको जिम्मा हामीले नै लिएका थियौ ।’

विदेशमा पसिनासँग साटिएको पैसाले नेपालमा रहेका उनीहरूका परिवारको खाना, नाना, शिक्षा स्वास्थ्यदेखि छानासम्मको आवश्कता पुरा गर्छ । वर्षौदेखि खाडीलगायतका देशमा नेपाली दाजुभाइ दिदिबहिनी रोजगारी गरिरहेका थिए । तर, त्यति बेला नेपालमा यस्तो पैसा भित्र्याउने वैधानिक च्यानल थिएन । यस्तो माध्यमको ठूलो अभाव थियो । हामीले ठूलो संर्घष गरेरे सञ्जाल बनायौं र व विदेशमा बसेर काम गरेका दाजुभाइ तथा दिदी बहिनीलाई वैधानिक च्यानलमार्फत पैसा पठाउन सिकायां ,’ पौडेलले सम्झे ‘यति बेला अहिलेको जस्तो प्रविधि थिएन ।’ पैसा संकलन गर्नेदेखि सुरक्षित हिसावले घरपरिवारसम्म पैसा पठाउने कामको जिम्मा हामीले नै लिएका थियौ ।’

पैसा कमाएर पठाउने र घरसम्म पुर्याउने विश्वासिलो आधार नहुँदा धेरैको रगत पसिना बगाएर कमाएको पैसा बीचका एजेन्टले मोजमस्ती गर्ने गरेका थिए । भरपर्दो माध्यम नहुँदा कति लुटिए, कतिका पैसा अलपत्र परे त कतिले भने आफै फर्कदामात्रै पैसा ल्याउने गरेका थिए ।

अहिले आईएमई रेमिटको विश्व भरि नै एजेन्टहरू छन् र यो अभ्यासमा अहिले पनि आईएमई विदेशबाट पैसा पठाउने विभिन्न कम्पनीमध्य पहिलो स्थानमा स्थापित भएको छ ।

नेपालको कुल रेमिट्यान्स बजारमा करिव ४० प्रतिशत हिस्सा ओगटेको आईएमईको विश्वभरि छरिएर रहेका सञ्जालले विश्व बजार मै आफ्नो छुट्टै पहिचान स्थापना गरेको छ । गत वर्ष नेपालमा कुल १० खर्बभन्दा बढी रेमिट्यान्स भित्रिएको थियो ।

अफर किन ?
आइएमईको अफर सेवाग्राहीसँगको सम्बन्ध र विश्वास हो । आइएमई स्थापनायतादेखि नै आइएमईले हरेक वर्ष र अवसरहरुमा आफ्ना सेवाग्राही र व्यवसायिक साझेदारहरुसँग दुःख सुख सँगसँगै बाँडेको छ । विदेशमा बसेर थोरै रकम आर्जन गरिरहेका नेपालीहरूका लागि आफ्नो सपना पूरा गर्ने अवसरका रुपमा आइएमईले ल्याएका अफर र योजनाहरु अझ विशेष बन्दै आएका छन् ।

आईएमईले समयसमयमा ल्याउने यस्ता अफरहरूले कम्पनी र सेवाग्राहीवीचको सम्बन्धलाई अझै मजबुत बनाउने पौडेल बताउँछन् । वरिष्ठ सूचना अधिकारी पौडेल अहिलेको अफर योजनलाई आइएमई प्रति सेवाग्राहीहरूको मायाको निरन्तरता भएको बताए । ‘सेवाबाट प्राप्त भएको प्रतिफल सेवाग्राहीलाई पनि बाँडने यो महत्वपूर्ण र उत्तम अवसर हो,’ उनले भने ‘चाडपर्वको समयमा त्यसको महत्व अझ बढ्ने भएकाले हरेक वर्ष पर्वको अवसरमा अफर सार्वजनिक गर्ने गरेका हौं ।’
स्थापनायता हरेक वर्ष निरन्तर हुँदै आएका यस्ता कार्यक्रमहरुबाट धेरै सेवाग्राही र व्यवसायिक साझेदारहरू लाभान्वित भएका छन् ।

यस्ता योजनाले सेवाग्राही तथा कम्पनीबीचको सम्बन्धलाई थप मजबुत बताउँदै आगामी दिनमा पनि यस्ता योजनाहरु ल्याउने प्रतिवद्धता कम्पनीले लिएको छ । रेमिट्यान्सको पर्यायका रुपमा स्थापित भएको आइएमईले हरेक वर्ष विशेष पर्वहरूमा आफ्ना सेवाग्राही तथा व्यवसायिक साझेदारहरूका लागि विशेष अफरहरू सार्वजनिक गर्दै आएको छ ।

गत वर्ष आठगुणासम्मको अफर
गत वर्ष पनि आइएमईले पर्व लक्षित दशैँमा ‘डब्बलको डब्बलको डब्बल अफर’ सार्वजनिक गरेको छ । यो अफरको अवधि असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म रहनेछ । कुल ५७ दिनका लागि सेवाग्राहीमूखी उक्त अफरमा विदेशबाट पठाइएको रकम आइएमईका ३५ हजारभन्दा बढी एजेन्टहरु वा आइएमई पे मोबाइल वालेटमा प्राप्त गर्दा वा बैंक ट्रान्सफर गर्दा हरेक हप्ता दुई (२) जनालाई पठाएको रकमको डब्बल (दुई गुणा), हरेक महिना दुई (२) जना भाग्यशाली सेवाग्राहीहरुलाई पठाएको रकमको डब्बलको डब्बल (चौगुणा) तथा बम्परमा एक (१) जना भाग्यशाली सेवाग्राहीलाई पठाएको रकमको डब्बलको डब्बलको डब्बल (आठगुणा) सम्म रकम पुरस्कार स्वरूप प्रदान गरेका थियो । आइएमईको ‘डब्बलको डब्बल, डब्बलको डब्बल’ अफर विस २०७६ मा सार्वजनिक गरेको अफरकै निरन्तरता भएको बताएको थियो ।

यो वर्ष भने कम्पनीले बम्पर उपहार स्वरुप १० लाख जिताउने योजना अघि बढाएको हो । हरेक वर्ष चाडपर्वलाई लक्षित गर्दै आइएमईले ल्याउने स्कीममा आमसेवाग्राहीहरूको उल्लेख्य सहभागिता रहेको बताउँदै यस वर्ष त्यो सहभागिता झनै बढने उनको भनाइ ठम्याइ छ ।

यद्यपि आईएमई ग्रूपले वर्षभरि नै विभिन्न स्कीम ल्याउने गरेको छ । अहिलेको स्कीम भने वर्षभरि सञ्चालन गर्नेभन्दा फरक हुन्छ । अंग्रेजी नयाँ वर्षमा पनि आईएमई रेमिटले नयाँ र नौलो अफर ल्याउने गरेको छ ।

बम्पर उपहार कसरी हुन्छ तय ?
अफर अवधिमा भाग्यशाली विजेता छनोटका लागि कम्पनीले निश्चित सेवा र शर्तहरू निर्धारण गरेको छ । सेवा र शर्त अनुसार भाग्यशाली विजेताको छनोट प्रविधिमा आधारित ‘लक्की ड्र’ मार्फत गरिने छ । आइएमईका संस्थापक, आइएमई ग्रूपमा कार्यरत कर्मचारीहरू, आइएमईका व्यवसायीक साझेदार (एजेन्ट पार्टनर) तथा आइएमई सम्बद्ध कुनै पनि व्यक्ति यो योजनामा सहभागी हुन पाउने छैनन् ।

सेवाग्राहीहरूले आइएमईको जुनसुकै एजेन्टमार्फत रेमिट्यान्स कारोबार गरेका हो त्यसको सक्कल भौचरक योजना घोषणा अवधिसम्म सुरक्षित राख्नुपर्नेछ । योजनाको अद्यावधिक जानकारी कम्पनीले संचालन गरेको आधिकारिक वेभ पेज, सामाजिक संजाल, आमसंचार माध्यम, सहकार्यमा रहेका व्यवसायिक साझेदार (एजेन्ट पार्टनर), क्षेत्रीय सम्पर्क कार्यालय र केन्द्रीय कार्यालयमार्फत सार्वजनिक गरिने कम्पनीले जानकारी दिएको छ । छनोटमा परेका विजेताको सिफारिसमा नेपालमा बस्ने आफन्तलाई पुरस्कार रकम प्रदान गर्न गरिने छ ।

 

 

 

 

हेडलाइन्स