प्रधानमन्त्रीद्वारा डडेल्धुरामा उम्मेदवारी दर्ता

डडेल्धुरा । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका तर्फबाट डडेल्धुराबाट उम्मेदवारी दर्ता गरेका छन् । उनका तर्फबाट उनका धर्मपत्नी एवं नेपाली कांग्रेसकी नेत्री डा. आरजु राणा देउवाले मुख्य निर्वाचन अधिकृतको कार्यालय डडेल्धुरामा गएर प्रधानमन्त्री देउवाको उम्मेदवारी दर्ता गराएको हो ।

वारिसनामामार्फत डा. आरजुले प्रधानमन्त्री एवं कांग्रेस सभापति देउवाको उम्मेदवारी दर्ता गरेको डडेल्धुराका प्रमुख निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले जानकारी दिए ।

उम्मेदवारी दर्ता गराउन डा. आरजु देउवा हिजो नै डडेल्धुरा पुगेकी थिइन्। प्रधानमन्त्री देउवाले प्रतिनिधिसभा सदस्याका डडेल्धुराबाटै यो सातौं पटक उम्मेदवारी दर्ता गराएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स