सुन तोलाको ९६ हजार पुग्यो

काठमाडौं । आइतबार सुनको मूल्यमा भारी वृद्धि भएको छ । दशैं अगाडि ९३ हजार प्रतितोला रहेको सुनको मूल्य आइतबार बजार खुल्दा ९६ हजार पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा अमेरिकी डलरको मूल्य बढ्दा यसको असर घरेलु बजारमा परेको हो । सो कारण दशैं पछि बजार खुलेको पहिलो दिन प्रतितोलामा ३ हजार रुपैयाँले सुनको मूल्य बढेको छ ।

गत असोज १४ गते ९३ हजार प्रतितोला रहेको सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले बढेर ९६ हजार पुगेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स