इष्टर्न हाइड्रोपावरले असोज २८ गतेदेखि सर्वसाधारणको लागि

काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले असोज २८ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीयका लागि आईपीओ बाँडफाँट गरेपपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बिक्री गर्न लागेको हो ।

कम्पनीले पहिलो चरणमा प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख २० हजार कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि बाँडफाँट गरी सेकेको छ । बाँकी रहेको ५० हजार ३१० कित्ता सेयर समेत जोडेर ६ लाख ७० हजार ३१० कित्ता सेयर सर्वसाधारणमा विक्री गर्न लागेको हो ।

कुल सेयर कित्तामध्य ५ प्रतिशत अर्थात ३३ हजार ५१५ कित्ता सेयर सामूहिक लगानी कोषको लागि सुरक्षित गरिएको छ भने २ प्रतिशत अर्थात १३ हजार ४०६ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ । यी बाहेक बाँकी ६ लाख २३ हजार ३८९ कित्ता शेयर भने सार्वजनिक निष्कासनमा आउन लागेको हो ।

सर्वसाधारणले सार्वजनिक निष्कासनमा आएको सेयर खरीदका लागि न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । यो सेयर छिटोमा कात्तिक १ गतेसम्म विक्री खुला हुनेछ भने सो अवधिसम्म माग बमोजिम आवेदन नपरेमा भने ढिलो अवधि कात्तिक १४ गतेसम्म बिक्री लम्बिनेछ ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले बिक्री प्रबन्धकसँगै नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा मेरो ुेयर वेब तथा एपबाट आवेदन दिन सकिने व्यवस्था छ ।

कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाट क्षमताको पिखुवा खोला जलविद्युत आयोजना निर्माण सम्पन्न गरी २०७६ साल जेठ २८ गतेदेखि विद्युत उत्पादन गर्दै आएको छ । उक्त आयोजनाको निर्माण लागत कुल १ अर्ब ३० करोड ५८ लाखभन्दा बढी रहेको छ भने प्रतिमेगावाट लागत २६ करोड ११ लाखभन्दा बढी छ । अधिकृत चुक्तापुँजी ६२ करोड रहेको कम्पनीको चुक्तापुँँजी ४९ करोड ६० लाख रहेको छ । सर्वसाधारणमा आईपीओ बाँडफाँट पश्चात् कम्पनीको चुक्तापुँजी ६२ करोड कायम हुनेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स