१०८ कम्पनीको सेयर मूल्य घट्दा, सबैभन्दा धेरै गुमाउने कम्पनी यी हुन्

काठमाडौं । कारोबार साताको अन्तिम दिन सेयर बजार उतारचढाव रह्यो । शुरुवाती सयम नेप्से २९१२ अंकसम्म बढेको थियो । अन्त्यमा रातो भएर बन्द हुन पुगेको छ ।

बिहीबार नेप्से ०.६२ अंकले घटेर २८७५.९७ विन्दुमा पुगेको छ ।

आज २३० कम्पनीको ७२ हजार ८५८ पटक सेयर कारोबार भएको छ । १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ ।

ट्रेडिङ, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूह बढेका छन् ।

रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ५.२६ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता १००८ रुपैयाँमा कारोबार भएको थियो भने आज ९५५ रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ५३ रुपैयाँले घटेको छ ।

सिटिजन्स म्युचुअल फण्ड फण्ड २ को मूल्य ५.१३ प्रतिशतले घटेको छ । बुधबार म्युचुअल फण्ड ११.४९ रुपैयाँमा कारोबार भएको थियो भने आज १०.९० रुपैया छ । म्युचुअल फण्डको मूल्य ०.५९ रुपैयाँले घटेको छ ।

आईसीएफसी फाइनान्सको सेयर मूल्य ४.०२ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ९६९ रुपैयाँमा कारोबार भएको थियो भने आज ९३० रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ३९ रुपैयाँले घटेको छ ।

सपोर्ट माइक्रो फाइनान्स वित्तिय संस्थाको सेयर मूल्य २.९४ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता २६८९ रुपैयाँमा कारोबार भएको थियो भने आज २६१० रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ७९ रुपैयाँले घटेको छ ।

युनिलिभर नेपालको सेयर मूल्य २ं.८४ प्रतिशतले घटेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता २००७०.४० रुपैयाँमा कारोबार भएको थियो भने आज १९५०० रुपैयाँ छ । कम्पनीको सेयर मूल्य ५७०.४० रुपैयाँले घटेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स