बिहीबार सेयर मूल्य बढाउने ५ कम्पनी यस्ता छन्

काठमाडौं । कारोबार साताको अन्तिम दिन सेयर बजार उतारचढाव रह्यो । शुरुवाती सयम नेप्से २९१२ अंकसम्म बढेको थियो । अन्त्यमा रातो भएर बन्द हुन पुगेको छ ।

बिहीबार नेप्से ०.६२ अंकले घटेर २८७५.९७ विन्दुमा पुगेको छ ।

आज २३० कम्पनीको ७२ हजार ८५८ पटक सेयर कारोबार भएको छ । १ करोड ४४ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री हुँदा ७ अर्ब ५ करोड रुपैयाँको कारोबार भएको छ ।

ट्रेडिङ, हाइड्रोपावर, लाइफ इन्स्योरेन्स र इन्भेष्टमेन्ट उपसमूह बढेका छन् ।

हिमालयन पावर पार्टनरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ५३२ रुपैयाँमा कारोबार भएको थियो भने आज ५८५.२० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ५३.२० रुपैयाँले बढेको छ ।

सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ४९७.४० रुपैयाँमा कारोबार भएको थियो भने आज ५४७.१० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४९.७० रुपैयाँले बढेको छ ।

रैराङ हाइड्रोपावर डेभलपमेन्टको सेयर मूल्य ९.२२ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ६५० रुपैयाँमा कारोबार भएको थियो भने आज ७०९.९० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ५९.९० रुपैयाँले बढेको छ ।

ग्रीनलाईफ हाइड्रोपावरको सेयर मूल्य ८ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज ५४० रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ४० रुपैयाँले बढेको छ ।

माउन्टेन हाइड्रो नेपालको सेयर मूल्य ७.४१ प्रतिशतले बढेको छ । बुधबार कम्पनीको सेयर प्रति कित्ता ५१५.८० रुपैयाँमा कारोबार भएको थियो भने आज ५५४ रुपैयाँ पुगेको छ । कम्पनीको सेयर मूल्य ३८.२० रुपैयाँले बढेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स