६२ वर्षका गैंडा शिकारी पक्राउ

काठमाडौं । नेपाली सेनाले गैंडा शिकारी पक्राउ गरेको छ ।

गैंडा मारी खाग विक्री तथा व्यवसायमा संगलग्न रहेको आरोपमा मुगुको मुगुम कर्मारोग गाँउपालिका-९, रोम स्थायी घर भई हाल काठमाडौं बौद्ध बस्ने ६२ वर्षिय नाङ्गी तामाङ पक्राउ परेका हुन् ।

चितवन राष्ट्रिय निकुञ्ज सुरक्षार्थ तैनाथ नेपाली सेनाको खड्गदल गणबाट निकुञ्ज प्रशासनसहित खटिएको टोलीले तामाङलाई भदौ २३ गते पक्राउ गरेको हो ।

सेनाले चितवन राष्ट्रिय निकुञ्ज कार्यालयलाई भदौ २४ गते तमाङ बुझाएको जानकारी दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स