टीभीएसको अपाचे आरटीआर २००भी४ को बीएस-६ र फर्स्ट इन् क्लास राइडिङ्ग मोड्स सार्वजनिक

काठमाडौं । टीभीएस मोटर कम्पनीको नेपालका लागि आधिकारिक वितरक जगदम्बा मोटर्सले नेपालमा टीभीएस अपाचे आरटीआर २००फोरभी आईबीए-भीआई मोटरसाइकल सार्वजनिक गर्ने भएको छ । कम्पनीले अपाचे आरटीआर २००फोरभी फर्स्ट इन् क्लास राइडिङ मोड्ससँगै बीएस-भीआई इञ्जिनसहितको नयाँ बहु-प्रतिक्षित मोडल नेपालमा सार्वजनिक गर्ने भएको हो ।

टीभीएस मोटर कम्पनीका अन्तर्राष्ट्रिय व्यापार अध्यक्ष, आर दिलीपले भने, ‘टीभीएस अपाचे श्रृंखला, संसारभरी रहेका हाम्रा ग्राहक र रेसिंग उत्साहीहरुका लागि नयाँ प्रविधिको कौशल प्रदान गर्ने हाम्रो प्रतिबद्धताको प्रमाण रहेको छ । सोही कहानीलाई निरन्तरता दिदै, फस्र्ट इन सेगमेंट फिचर्स र प्रविधियुक्त रहेको नयाँ टीभीएस अपाचे आरटीआर २०० ४भी मोटरसाइकल नेपालमा प्रस्तुत गर्न पाउँदा हामी अत्यन्तै उत्साहित छौं । आशा गर्दछौं कि यस नयाँ मोडलले हाम्रा नेपाली ग्राहकलाई थप उत्साहित र खुशी बनाउँनेछ ।’

टीभीएस अपाचे आरटीआर २००फोरभी मा ठाउँ, सडक र मौसम अनुसार राइडिङ् मोड परिवर्तन गर्न मिल्ने अत्याधुनिक फिचर्स रहेको छ । यसको सिस्टममा स्पोर्ट, अर्बान र रेन मोड गरेर तिन ओटा मोडहरु रहेका छन् । जसलाई चालकले सहजता र परिस्थितिको आधारमा मोटरसाइकल कुदाउँदा खेरि परिवर्तन गर्न सक्नेछन् । यस फिचर्सले चालकको राइडिङ् अनुभवलाई थप सहज र सुरक्षित गर्ने कम्पनीको दाबी छ ।

मोटरसाइकलको अर्को पक्ष भनेको आरटीएफआई टेक्नोलोजी युक्त बीएस–भीआई कम्प्लेन्ट इन्जिन रहेको छ । बीएस–भीआई कम्प्लेन्ट इञ्जिनसहितको सो मोटरसाइकलमा आरटीएफआई टेक्नोलोजीयुक्त इन्जिनहरू कार्बोरेटर इन्जिनभन्दा एकदमै शक्तिशाली रहेको कम्पनीले जनाएको छ ।

यसैगरि मोटरसाइकलमा बिल्कुलै पहिलो पटक फर्स्ट इन सेग्मेन्ट एडजस्टेबल सस्पेन्सन र लिभर रहेको छ भने पूरै ग्राफिक्स रेसिङलाई नै आधार मानेर डिजाइन गरिएको छ ।

नेपालमा टीभीएस टू-ह्वीलर्सको लागि एकमात्र आधिकारिक वितरकको नेपालभर १३२ भन्दाबढी डिलरहरू छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स