दशैंमा पनि दैनिक ४ घण्टा सेवा दिँदै बैंकहरू, कहाँ कहाँ खुल्छन् शाखा ?( सूचीसचित)

काठमाडौं । दशैंको बिदामा पनि बैंकहरूले दैनिक ३ देखि ४ घण्टा बैंकिङ सेवा दिने भएका छन् । बैंकहरूले उपत्यकालगायत देशका ठूला सहरमा दैनिक केहि समय बैंकिङ सेवा दिन भएका हुन् । दशैं बिदामा पनि शाखा कार्यालय खुला गर्ने बैंकले डिजिटल बैंकिङलाई प्रोत्साहन गर्दै बिहाल १० बजेदेखि दिउँसो ३ बजेसम्म भौतिक बैंकिङ सेवा समेत दिने भएका हुन् ।

धेरैजसो बैंकहरूले दशैंको टिकाको दिन भने सम्पूर्ण शाखा बन्द गर्ने छन् । केही बैंकको भने दशैंको टिकाको दिन पनि शाखा खुल्ने भएका छन् । दशैंको १ साता लामो बिदा सुरु भएपनि बैंकहरूले भने आफ्ना ग्राहकहरूलाई बैंकिङ सेवा दिन लागेका हुन् ।

बैंकहरुको काठमाडौं उपत्यका र उपत्यका बाहिरका प्रमुख सहरमा मात्र दशैं बिदामा शाखा खुल्ने छ । बैंकहरुको खुल्ने शाखामा नगद कारोबार बाहेक अन्य काम भने हुने छैन । दशैं बिदामा पनि बैंकिङ सेवा दिन तयार अधिकांश बैंकहरूले भने टिकाको दिन अर्थात् असोज २१ गते भने खुला गरिएका शाखा कार्यालय बन्द राख्ने उल्लेख गरेका छन् ।

दशैंको बिदा शुरु हुनुभन्दा अघि असोज १५ गने शनिबार परेको थियो । दशैं को सार्वजनिक बिदा परेको थियो । टिकाको प्रर्सी पल्ट शुक्रबारसम्म दशैं बिदा र त्यसको भोलिपल्ट शनिबार परेकाले यस वर्षको दशैंमा पुरा ८ दिन बिदा हुने भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स