स्मार्ट च्वाइस टेक्नालोजी र नेपाल क्लियरिङ हाउसबीच क्यूआर अन्तर आवद्धता सम्झौता

काठमाडौं । स्मार्ट च्वाइस टेक्नोलोजी लिमिटेड (एससीटी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल)बीच नेशनल पेमेन्ट स्वीच मार्फत क्यूआर अन्तरआबद्धता कायम गर्ने सहमति भएको छ । शुक्रबार राजधानीमा एक समारोहका बीच दुई कम्पनीबीच अन्तर आबद्धताको सहमति भएको हो ।

एससीटीका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाश भुँजु र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत निलेश मान सिंह प्रधानले सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

यो सँगै अब स्मार्ट क्यूआर उपलब्ध मोबाइलबाट बैंकिङ वा वालेटका ग्राहकहरुले नेपाल पे क्यूआर का मर्चेन्टहरुलाई क्यूआर स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने भएको छ । यसैगरी नेपाल पे क्यूआर उपलब्ध मोबाइल बैंकिङ वा वालेट वा कनेक्ट आईपीएसका प्रयोगकर्ताहरुले पनि स्मार्ट क्यूआरका मर्चेन्टहरुलाई भुक्तानी गर्न सक्नेछन् ।

अन्तरआवद्धताको सहमतिपत्रमा हस्ताक्षर गर्दै साझेदार कम्पनीहरुले यो समझदारीले क्यूआर अन्तरआवद्धताको क्षेत्रमा अर्को एक महत्वपूर्ण र लाभदायी कार्यको थालनी गरेको बताएको छ ।

हाल नेपालमा नेपालपे क्यूआरका ७० हजार भन्दा बढी र स्मार्ट क्यूआरका १ लाख ६० हजार भन्दा बढी मर्चेन्टहरू आवद्ध रहेका छन् । नेपाल क्लियरिङ हाउसले कार्यान्वयनमा ल्याएको नेशनल पेमेन्ट स्वीच अन्तर्गत नेपाल–क्यूआर स्ट्याण्डर्ड अनुसारको क्यूआर अन्तरआवद्धता कायम गर्नेगरी नेपाल पे क्यूआर सञ्चालनमा ल्याएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स