खाद्यको दशौं तहदेखि चौथो तहसम्मका लागि कर्मचारी माग, एसईई पासलाई पनि अवसर

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले कर्मचारीका लागि दरखास्त आह्वान गरेको छ । कम्पनीले दशौं तहदेखि चौथो तहसम्मका कर्मचारीका लागि खुला प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्तिका लागि आवेदन आह्वान गरेको हो ।

कम्पनीले विभिन्न १० वटा पदमा गरि १०६ जना कर्मचारी माग गरेको हो ।

कम्पनीले १० औं तहको विभागीय प्रबन्धकमा २ जना, ९ औ तहको सह विभागीय प्रबन्धकमा ६ जना, ७ औ तहको वरिष्ठ अधिकृत (सामान्य प्रशासन) मा ५ जना, ७ औं तहको वरिष्ठ अधिकृत (कानुन)मा १ जना, छैठौं तहको अधिकृतमा १० जना, पाचौ तहको वरिष्ठ सहायकमा १८ जना, ५ औ तहको प्राविधिकतर्फ ३ जना र चौथो तहको सहायकमा ६१ जना गरि कुल १०६ जना जनशक्ति माग गरेको हो । चौथो तहको सहायकमा आवेदन एसईईमा कम्तिमा २ जिपिए ल्याएकाले आवेदन दिन सक्ने छन्।

कम्पनीले कार्तिक ३ गतेसम्म र दोब्बर दस्तुर तिरेर कार्तिक १० गतेसम्म आवेदन दिन सकिने जनाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स