नेप्सेमा नेपाल ल्युब आयल लिमिटेडको सेयर मूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा नेपाल ल्युब आयल लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । कम्पनीले २५ प्रतिशत बोनस सेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।

समायोजनपछि कम्पनीको सेयर मूल्य प्रति कित्ता २२७ रुपैयाँ ३६ पैसा कायम भएको छ । समायोजनअघि कम्पनीको सेयर मूल्य प्रति कित्ता २८४ रुपैयाँ २० पैसा रहेको थियो । अब समायोजित मूल्यअनुसार नै यो कम्पनीको सेयर कारोबारमा आउनेछ।

कम्पनीले साधारणसभा प्रयोजनार्थ असोज १४ गतेदेखि असोज २८ गतेसम्मका लागि लागि बुक क्लोजको मिति समेत तय गरेकोले असोज १३ गतेसम्म कायम सेयरधनीहरुले कम्पनीको साधारणसभामा भाग लिन तथा लाभांश प्राप्त गर्न सक्ने छन्।

कम्पनीको असोज ४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८र७९ को मुनाफाबाट २५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरि कुल ३० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनी साधारणसभाले पारित गरेपछि लगानीकर्ताले उक्त लाभांश पाउने छन्।

प्रस्तावित लाभांश अनुमोदन गर्न कम्पनीले यही असोज २८ गते वार्षिक साधारणसभा आयोजना गर्नेछ। सभा ललितपुरको पुल्चोकस्थित याक प्यालेसमा बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स