मेगा क्यापिटल पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा, १ लाख ८० हजार डिम्याट खाता खोल्न सफल

काठमाडौं । मेगा क्यापिटल ५ वर्ष पुरा गरी पाँचौ वार्षिक साधारणसभा गर्ने तयारीमा जुटेको छ ।

मेगा क्यापिटलले हाल सञ्चालनमा भएका ३० ओटा मर्चेन्ट बैंकहरुमध्ये आफ्ना समकालिन मर्चेन्ट बैंकहरुलाई पछि पार्दै तिब्र गतिमा अगाडी बढेको जनाएको छ ।

क्यापिटलका अनुसार आर्थिक वर्ष २०७८/०७९ मा मेगा क्यापिटल २४.५ प्रतिशत वितरण योग्य मुनाफा आर्जन गर्न सफल भएको छ । क्यापिटलले हाल सम्म करिब १,८०,००० डिम्याट र लगानी व्यवस्थापन सेवामा ३५८ जना सेवाग्राहिबाट करिब ६८,००,००,००० को पोटफूलियो व्यवस्थापन गर्दै आएको जनाएको छ ।

मेगा क्यापिटलले संस्थागत परामर्शदाता सेवाको रुपमा सेवाग्राही तथा आवद्घ लगानीकर्तालाई वित्तिय समस्या हल गर्न परिणाम मूलक सेवा दिँदै मर्चेन्ट बैंकिङ क्षेत्रमा नयाँ आयाम थपेको उल्लेख गरेको छ । त्यस्तै गरी नँया कामको रुपमा कुनै पनि कम्पनीको प्रमोटर सेयर खरिद बिक्री गर्ने इच्छा भएकालाई सहजिकरण गर्दै आएको छ । विभिन्न कम्पनीहरुसँग आईपीओ निष्काशन र अण्डरराइटिङ सम्झौता पनि गर्दै आएको छ ।

अत्याधुनिक प्रणालीको व्यवसायिक उपभोग गर्ने रणनीति अनुरुप संस्थाले डिम्याट खाता, मेरो सेयर खाता खोल्ने, नविकरण गर्ने र लगानी व्यवस्थापन सेवा समेत अनलाइन मार्फत गर्न सकिने व्यवस्था मिलाएको जनाएको छ । क्यापिटलले प्रदान गर्ने सेवाहरुलाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्य साथ काठमाण्डौं उपत्यका बाहिर पोखरा, वुटवल र विराटनगरबाट समेत भौतिक संरचनाबाट पनि सेवा दिने क्यापिटलको योजना रहेको क्यापिटलले उल्लेख गरेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स