काठमाडौं । सिटिजन्स बैंकको १६ औं वार्षिक साधारणसभा कात्तिक ४ गते हुने भएको छ । बैंकको बुधबार बसेको सञ्चालक समितिको बैठकले बैंकको १६औं वार्षिक साधारण सभा कार्त्तिक ४ गते शुक्रबार गर्ने निर्णय गरेको हो । बैंकले उक्त सभा कार्तिक ४ गते बिहान ११ः०० बजे अमृृतभोग, कालिकास्थान, डिल्लीबजारमा संचालन गर्ने निर्णय गरेको हो । योसँगै वाणिज्य बैंकहरु मध्येमा साधारणसभा आह्वान गर्नेमा सिटिजन्स बैंक पहिलो बैंक बनेको छ ।
सभाले आर्थिक वर्ष २०७८/७९ को प्रस्तावित लाभांशलाई पारित गर्दै छ । सभाले सञ्चालक समितिको प्रस्ताव गरेबमोजिम ९ प्रतिशतका अर्थात १ अर्ब २७ करोड रुपैयाँ बराबरको नगद लाभांश (लाभांश कर समेत) लाई पारित गर्ने एजेण्डा रहेको छ ।
कम्पनीले साधारणसभा प्रयोजनको लागि असोज २८ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । असोज २७ गतेसम्म कायम शेयरधनीले मात्र कम्पनीको सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।
यस्ता छन् बैंकको साधारणसभामा पेश हुने प्रस्तावहरु :
साधारण प्रस्तावहरु
१. आ.व. २०७८/७९ को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने ।
२. लेखापरीक्षकको प्रतिवेदन सहित २०७९ आषाढ मसान्तको बैंक तथा बैंकको सहायक कम्पनीहरु सहितको एकिकृत बासलात र मिति २०७८/०४/०१ देखि २०७९/०३/३२ सम्मको नाफा नोक्सानको हिसाब तथा सोही अवधिको नगद प्रबाह विवरण लगायतका वित्तीय विवरणहरु माथि छलफल गरी पारित गर्ने ।
३. सञ्चालक सभितिबाट प्रस्ताव गरै अनुसार ९ प्रतिशतका दरले हुन आउने र, १ अर्ब २७ करोड ८० लाख ५७ हजार ६ सय ६० बराबरको नगद लाभाश (लाभांश कर समेत) वितरण गर्न स्वीकृत गर्ने ।
४. बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा ६१(ड) र दफा ६३ तथा कम्पनी ऐन २०६३ को दफा १११ अनुसार लेखापरीक्षण समितिको सिफारिसमा आ.व. २०७९/८० को लेखापरीक्षण गर्न लेखापरीक्षकको नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने ।
विशेष प्रस्तावहरु
१. सिटिजन्स बैंक इन्टरनेसनल लिभिटेड र अन्य उपयुक्त बैक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने र गाभिने (मर्ज गर्न वा प्राप्ति एक्वीजिसन) गर्ने तथा वैदेशिक रणनीतिक साझैदारीमा जान उपयुक्त देखिएमा बैंकको चलअचल सम्पत्ति र दायीत्व तथा कारोबारको मुल्यांकन गर्ने, राष्ट्रिय वा अन्तराष्ट्रिय मान्यता प्राप्त मुल्यांकनकर्ता नियुक्ति गर्ने तथा गाभ्ने वा गाभिने वा प्राप्ती गर्नै सम्बन्धी प्रारम्भिक तथा अन्तिम सम्झौता गर्ने र सो प्रकिया पुरा गर्ने आवश्यक पर्नै सम्पूर्ण कार्य गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने ।
२. बैंकको प्रबन्धपत्रमा संशोधन गर्ने ।
(क) साविक सिर्जना फाइनान्सलाई प्राप्ति गरे पश्चात साविक पूँजी संरचना ५१स्४९ परिबर्तन भई कायम भएको पूँजी संरचना ५१.०७४८,९३ (संस्थापक सेयरधनीहरुले धारण गरेको जम्मा सेयर (साधारण सेयरधनीहरुले धारण गरेको जम्मा सेयर) बमोजिम प्रबन्धपत्रमा संशोधन गर्ने ।
३. बैकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न अनुमति लिनु पर्ने निकायहरुबाट आउने निर्देशन बमोजिम थपघट लगायत आवश्यक संशोधन गर्न संचालक समितिलाई अख्तियारी प्रदान गर्ने ।