सनराईज क्यापिटलको लाभांश घोषणा

काठमाडौं । सनराईज क्यापिटलले लाभांश घोषणा गरेको छ । कम्पनीको असोज ११ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७८/०७९ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

बैंकले सेयरधनीलाई आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट २५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीले हाल सेयर निष्काशन, १८ वटा कम्पनीको सेयर रजिष्ट्रार कार्य, लगानी ब्यवस्थापन सेवा, सेयर प्रत्याभुति लगायत सनराईज सामूहिक लगानी कोष अन्तर्गत सनराईज फष्ट म्युचुअल फण्ड र सनराईज ब्लूचीप फण्ड गरी २ वटा बन्दमुखी योजना संचालन गर्दै आएको छ ।

उक्त लाभांश कम्पनीको आगामी १२औं वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरुलाई लाभांश वितरण गरिने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स