एनसीसी बैंक र सिड मेडिकल ल्याबरोटरिजबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी बैंक) ले आफ्ना ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा विशेष छुट प्रदान गर्ने सम्झौता भएकोे छ ।

यस सम्झौता मार्पmत बैंकको भिषा कार्ड प्रयोगकर्ता तथा मोबाइल बैंकिङ चलाउने ग्राहकहरुलाई चितवनको भरतपुरमा अवस्थित सिड मेडिकल ल्याबरोटरिज प्रा.ली मा बैंकको भिषा कार्ड तथा मोबाइल बैंकिङ मार्पmत भुक्तानी गर्दा उपलब्ध विभिन्न सेवाहरुमा २० प्रतिशत छुट प्राप्त हुनेछ ।

देशैभर शाखा सञ्जाल फैलिएको एनसीसी बैंकले ७ वटै प्रदेशमा गरी १५६ शाखा १५ एक्स्टेन्सन काउन्टर र १३७ एटिएम सञ्चालन गरीे ग्राहकहरुलाई स्तरीय सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स