काठमाडौं । नबिल बैंक र म्याक्स हेल्थकेयर इण्डियाबीच सम्झौता भएको छ । आज मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रमा नबिल बैंक र म्याक्स हेल्थकेयरबीच सम्झौता भएको हो । नबिल बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड होल्डरले उक्त हेल्थकेयरमा उपचार गराउँदा १२ प्रतिशत छुट पाउने गरी सम्झौता भएको हो । नबिलका ग्राहकले १५ वटा विभिन्न रोग सो सुविधा पाउने बताइएको छ ।
कार्यक्रममा वाजिदले म्याक्स हेल्थ केयरको भारतमा रहेको १७ वटा सेवाप्रदायक शाखाबाट जटिल रोगहरु जस्तै– मिर्गौला, लिभर, बोनम्यारोको प्रत्यारोपन, मुटुको शल्यक्रिया सफलतापूर्वक गरेको बताउँदै नेपाली जनताले पाउने सेवामा ढुक्क हुन आग्रह गरे। अस्पतालको सेवा लिन कुनै पनि झन्झट नहुने बताउँदै उनले बिरामीहरुलाई गुणस्तरीय सेवा प्र्रदान गर्नेमा सधैँ तत्पर रहने प्रतिबद्धता पनि जनाए।
नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुगांना र म्याक्स हेल्थ केयरको तर्फबाट सिनियर डाइरेक्टर चिफ सेल्स एण्ड मार्केटिङ अफिसर अनास अबदुल वाजितले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । बैंकका ग्राहक तथा कर्मचारीहरुलाई अस्पतालका विभिन्न सेवा तथा सुविधाहरुमा छुट प्रदान गर्ने साझेदारी गरेको बैंकले जनाएको हो ।
सन् १९८४ देखि आफ्ना ग्राहकहरुलाई समायनुकल सेवा प्रदान गर्दै आएको नबिल बैंकको १३३ शाखा, १८७ एटिएम, १५ सय भन्दा बढि नबिल रेमिट एजेन्ट रहेको छ । नबिल बैंकको ७ लाख डेबिट कार्ड होल्डर रहेका छन् । बैंकिङ क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको यस बैंकले नेपालको बैंकिङ विकासको इतिहासमा कोसेढुंगाको रुपमा काम गर्दै आएको छ ।
कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरू लाभान्वित हुने बताए । कार्यक्रममा नबिल बैंकका सीईओ ज्ञानेन्द्र ढुंगानाले यो सम्झौताले नबिल बैंकका ग्राहकहरु लाभान्वित हुने बताए। उनले यस किसिमका छुटलाई वृद्धि गर्न प्रयास गर्ने जानकारी दिए।