काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई कार्ड र मोबाइल बैंकिङ छुट र क्यासब्याक सुविधा प्रदान गर्न विभिन्न स्टोर र ब्रान्डसँग सहकार्य गरेको छ । यस महान् उत्सवलाई लक्षित गरी बैंकले २ हजारसम्म छुट सुविधाहरू प्रदान गरेको छ ।
एनएमबि बैंकले असोज १० गतेदेखि बडा दशैंमा बडा डिजिटल धमाका सुरु गरेको छ जस अन्तर्गत ग्राहकले मोबाइल बैंकिङ र कार्ड प्रयोग गर्दा २ हजारसम्म पैसा बचत गर्न सक्नेछन् ।
एनएमबि बैंकको ग्राहकहरु डेबिट कार्ड बाट ई–कमर्शरपोसमा कारोवार गर्दा १० रुपैयाँ वा ३०० सम्म क्यासब्याक पाउनेछन् । यस्तै, एनएमबि बैंकको ग्राहकहरु क्रेडिट कार्डबाट ई–कमर्शरपोसमा कारोबार गर्दा २० प्रतिशथ वा ५०० रुपैयाँसम्मको क्यासब्याक पाउनेछन् ।
एनएमबि बैंकको ग्राहकहरुले इएनएमबि एपबाट एनटिसीरएनसेल टपअपमा ३ प्रतिशत तत्काल क्यासब्याक अफर पाउनेछन् । त्यसका साथसाथै, इएनएमबि एपबाट क्यूआर पेमेन्ट गर्दा १० प्रतिशत वा २०० रुपैयाँसम्मको क्यासब्याक पाउन सकिने छ ।