सानिमा जनरल र जनरल इन्स्योरेन्स एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स र जनरल इन्स्योरेन्स कम्पनी एक आपसमा मर्जरमा जाने प्रस्ताव पारित भएको छ । मंगलबार सानिमा जनरल इन्स्योरेन्सको साधारणसभाले दुई कम्पनी एक आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गरेको हो । उक्त सभाले जनरल इन्स्योरेन्स र सानिमा जनरलको एकीकृत कारोबार गर्नको लागि बाटो खुला भएको छ ।

सभाले कम्पनीको नाम नेपालीमा सानिमा जिआईसी इन्स्यारेन्स कम्पनीको नामबाट कारोबार हुने प्रस्ताव समेत पारित हुने गरेको छ ।

सभाले दुई कम्पनीबीच एक आपसमा गाभिएपछि सर्वसाधारण सेयरधनीको अनुपात ५१ः४९ कायम गर्ने प्रस्ताव पारित भएको छ।

दुई कम्पनीबीच सेयर अनुपात १ः१ कायम गर्ने गरि गाभ्ने कार्यलाई अन्तिम स्वीकृती प्रदान गर्ने प्रस्ताव पारित भएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स