दुई जलविद्युतसहित तीन कम्पनीले दिए आईपीओ निष्कासनको लागि बोर्डमा आवेदन, कुनको कति ?

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)मा दुई जलविद्युतसहित तीन कम्पनीले आईपीओ निष्कासनको लागि आवेदन दिएका छन् ।

सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड, मोदी इनर्जी लिमिटेड र मेन्चियम हाइड्रोपावरले आईपीओ निष्काशनको अनुमति माग गर्दै बोर्डमा आवेदन दिएका हुन् ।

जसअनुसार, सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले १ अर्ब २३ करोड रुपैयाँ बराबरको १ करोड २३ लाख कित्ता सेयर निष्काशनको लागि अनुमति माग गरेको हो । कम्पनीको सेयर निष्काशनको लागि एनआईबिएल एस क्यापिटल बिक्री प्रबन्धक रहेको छ । कम्पनीले आसोज ४ गते बोर्डमा आवेदन दिएको हो । दाङ जिल्लामा अवस्थित यस कम्पनी पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनी हो ।

मोदी इनर्जी लिमिटेडले ७२ करोड ५० लाख रुपैयाँ बराबरको ७२ लाख ५० हजार कित्ता सेयर निष्काशनको लागि अनुमति माग गरेको हो। कम्पनीले सेयर निष्काशनको लागि सनराइज क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले भदौ ३१ गते बोर्डमा आवेदन दिएको हो । कम्पनीले पर्वतमा २० मेगावाटको तल्लो मोदीखोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । यस कम्पनीमा हाइड्रो सोलुसन ग्रुप, केएल दुगर ग्रुप, मुरारका ग्रुप्, शंकर ग्रुप र देबेन्द्र ग्रुपको लगानी छ ।

त्यसैगरि, मेन्चियम हाइड्रोपावरले १६ करोड २७ लाख ७५ हजार रुपैयाँ बराबरको १६ लाख २७ हजार ७ सय ५० कित्ता सेयर निष्काशन गर्नको लागि बोर्डमा आवेदन दिएको हो । कम्पनीले सेयर निष्काशनको लागि एनआईसी एसिया क्यापिटललाई बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले साउन १८ गते नै बोर्डमा आवेदन दिएको भए पनि असोज ९ गते विद्युत नियमन आयोगबाट स्वीकृति लिएको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स