सिक्लेस हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँट हुने, १ लाख ५ हजार ८०० जनाले १० कित्ता सेयर पाउने

काठमाडौं । सिक्लेस हाइड्रोपावर लिमिटेडले निष्काशन गरेको आईपीओ बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक बिओके क्यापिटलले आईपीओ भोलि (असोज ११) गते बिहानको ९ बजे बाँडफाँट गर्ने तयारी गरेको हो ।

कम्पनीले भदौ २९ गतेदेखि असोज २ गतेसम्म सर्वसाधारणलाई ११ लाख ५० हजार कित्ता सेयर निष्काशन गरेको हो ।

जस मध्ये ५७ हजार ५ सय कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३४ हजार ५ सय कित्ता कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको १० लाख ५८ हजार कित्ताको लागि सर्वसाधारणले आवेदन दिएका छन् ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्म १५ लाख ३८ हजार ३८३ आवेदकबाट कुल १ करोड ७२ लाख ४४ हजार ३८० कित्ता सेयर खरिद आवेदन परेको छ। जुन मागभन्दा १६.२९ गुणा बढी हो।

कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाबाट बाँडफाँट हुनेछ। जसअनुसार १ लाख ५ हजार ८०० आवेदकले १० कित्ताका दरले सेयर पाउनेछन्।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स