काठमाडौं । नेपालमा १५ वटा फाईनान्स कम्पनी सञ्चालनमा छन् । फाइनान्स कम्पनीहरु सबैले आफ्नो वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् ।
वित्तीय विवरण अनुसार फाइनान्स कम्पनीहरुले १ अर्ब ४५ करोड ३७ लाख ६८ हजार रुपैयाँ बराबरको वितरण योग्य नाफा कमाएका छन् । फाइनान्स कम्पनीमध्ये सबैभन्दा धेरै मञ्जुश्री फाइनान्सले वितरण योग्य नाफा कमाएको छ । मञ्जुश्रीले ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ ।
जानकी फाइनान्स र मल्टीपर्पस फिनान्स कम्पनीले आफ्नो वित्तीय विवरणमा वितरण योग्य नाफा देखाएका छैनन् ।
फाइनान्स कम्पनीहरुले लाभांश दिन सक्ने क्षमता गत आवमा आर्जन गरेको वितरण योग्य नाफा र सेयर संख्याको आधारमा निकालिएको हो । फाइनान्सहरुले भदौसम्मको नाफा नोक्सानी हिसाब गरेर बोनस दिन सक्ने भएकाले समाचारमा उल्लेख गरिएको बोनसदरको विवरणभन्दा केही प्रतिशत तलमाथि हुन सक्नेछ ।
मञ्जुश्री फाइनान्स
मञ्जुश्री फाइनान्स सबैभन्दा धेरै बोनस सेयर दिन क्षमता राख्छ । फाइनान्स गत आवमा ४८ करोड ५६ लाख २७ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ९६ करोड ५३ लाख ९५ हजार छ । फाइनान्सले सेयर धनीलाई ५०.३० प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
गोर्खाज फाइनान्स
गोर्खाज फाइनान्स गत आवमा १० करोड ३६ लाख १६ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८६ करोड ७९ लाख ९३ हजार छ । फाईनान्सले सेयर धनीलाई ११.९३ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
रिलायन्स फाइनान्स
रिलायन्स फाइनान्स गत आवमा १५ करोड ५२ लाख १७ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ९१ करोड ५६ लाख ५७ हजार छ । फाईनान्सले सेयर धनीलाई १६.९५ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
आईसीएफसी फाइनान्स
आईसीएफसी फाइनान्सले गत आवमा १२ करोड ८४ लाख ५२ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी १ अर्ब २ करोड ४२ लाख ६५ हजार छ । फाईनान्सले सेयर धनीलाई १२.५४ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स
गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्सले गत आवमा ११ करोड ३६ लाख १५ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८६ करोड ४० लाख छ । फाइनान्सले सेयर धनीलाई १३.१४ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
सेन्ट्रल फाइनान्स
सेन्ट्रल फाइनान्सले गत आवमा १० करोड ७१ लाख ६० हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८८ करोड १० लाख ३५ हजार छ । फाइनान्सले सेयर धनीलाई १२.१६ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले गत आवमा ९ करोड ३८ लाख २७ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८९ करोड १ लाख ३४ हजार छ । फाइनान्सले सेयर धनीलाई १०.५४ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
पोखरा फाइनान्स
पोखरा फाइनान्सले गत आवमा ९ करोड ३२ लाख ७१ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ९६ करोड ३१ लाख ४५ हजार छ । फाइनान्सले सेयर धनीलाई ९.६८ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
गुडविल फाइनान्स
गुडविल फाइनान्सले गत आवमा ७ करोड ३६ लाख ३ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८६ करोड ७२ लाख छ । फाइनान्सले सेयर धनीलाई ८.४८ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
बेष्ट फाइनान्स
बेष्ट फाइनान्सले गत आवमा ३ करोड ५८ लाख २० हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८२ करोड ८९ लाख १३ हजार छ । फाइनान्सले सेयर धनीलाई ४.३२ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
नेपाल फाइनान्स
नेपाल फाइनान्सले गत आवमा १ करोड ७४ लाख ५७ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ४९ करोड ३४ लाख २० हजार छ । फाइनान्सले सेयर धनीलाई ३.५३ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
समृद्धि फाइनान्स
समृद्धि फाइनान्सले गत आवमा २८ लाख ९५ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ५४ करोड ५९ लाख ४० हजार छ । फाइनान्सले सेयर धनीलाई ०.५३ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।
प्रोग्रेशिभ फाइनान्स
प्रोग्रेशिभ फाइनान्सले गत आवमा ४ करोड ३२ लाख ५ हजार रुपैयाँ वितरण योग्य नाफा कमाएको छ । फाइनान्सको चुँक्ता पुँजी ८ करोड १ लाख छ । फाइनान्सले सेयर धनीलाई ५.३९ प्रतिशतसम्म बोनस सेयर दिन सक्छ ।