टिएमएसमा आइएमई पे बाट लोड कोलेटरल,स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट

काठमाडौं । आइएमई पे र सोर्स कोड प्रा.लीवीच आइएमई पेका ग्राहकलाई स्मार्ट वेल्थ प्रो सब्स्क्रिप्सनमा ३५% छुट दिने सम्झौता भएको छ । आइएमई पेका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले आइएमई पे बाट टि एम एसमा लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गर्दा आइएमई पेका ग्राहकहरुले स्मार्ट वेल्थ प्रोको विभिन्न सब्स्क्रिप्सन प्याकेजमा ३५% छुट पाउने बताएका छन् ।

डिस्काउन्न्ट कोड ग्राहकले आफ्नो ब्रोकर टिएमएसमा आइएमई पे छनोट गरी लोड कोलेटरल र ब्रोकर फन्ड सेटलमेनट गरेको भोलिपल्ट आफ्नो मोबाइलमा मेसेज मार्फत पाउने छन् । उनले आइएमई पेका ग्राहकहरुलाई यस छुटको भरपुर सदुपयोग गर्न पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स