काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा अभियान लघुवित्तको सेयर कारोबार सुरु भएको छ। कम्पनीको आइपीओ शुक्रबार नेप्सेमा सूचीकृत भएसँगै आज (आइतबार)देखि कारोबारमा आएको हो ।
कम्पनीको पहिलो कारोबार प्रति कित्ता ३१६ रुपैयाँमा भएको छ । नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०५.३६ रुपैयाँदेखि ३१६.०८ रुपैयाँसम्मको रेन्ज तोकेको थियो । यस रेन्जको बीचमा रहेको जुनसुकै मूल्यबाट पहिलो कारोबार हुन सक्ने व्यवस्था रहेकोमा उच्चतम बिन्दुमा नै पहिलो कारोबार भएको हो ।
नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि कम्पनीको नेटवर्थको ३ गुणासम्मको मूल्य तोक्ने गरेको छ । नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ।
लघुवित्तले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।
कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरका कुल २५ लाख कित्ता सेयर शुक्रबार सूचीकृत भएको हो ।