काठमाडौं । घटस्थापनाको अघिल्लो दिन (आइतबार) छापावाल सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।
शुक्रबार, छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा आज १ हजार रूपैयाँले घटेर ९१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, शुक्रबार चाँदीको मूल्य प्रतितोला १२ सय रुपैयाँ कायम भएकोमा आज ३० रूपैयाँले घटेर ११ सय ७० रूपैयाँ कायम भएको छ ।