एनसीएचएलले भाटभटेनीमा सुरु गर्यो ‘नेपाल पे क्यूआर’ बाट भुक्तानी

काठमाडौं । भाटभटेनी सुपर मार्केट अब क्यासलेस बन्ने भएको छ । भाटभटेनी सुपरमार्केटमा अब नेपाल पे क्यूआर स्क्यान गरी भुक्तानी गर्न सकिने भएकाले अब भाटभटेनीमा सपिङ गर्न जाँदा नगद बोक्नु नपर्ने भएको हो । भाटभटेनीमा उक्त सेवा नेपाल क्लियरिङ हाउसले सुरु गरेको हो ।

नेपालको सबैभन्दा ठूलो रिटेल चेनको रुपमा वर्षौदेखि सेवा दिँदै आएको यस सुपरमार्केटमा यस अघि पनि कार्ड वा वालेटबाटबाट भुक्तान गर्ने सुविधा थियो ।

नेपाल पे क्यूआरलाई ग्राहकले नेपाल पे को सेवा जोडिएको कुनै पनि मोबाइल बैंकिङ, वालेट वा कनेक्ट आईपीएस मार्फत स्क्यान गरी सजिलै भुक्तानी गर्न सकिने नेपाल क्लियरिङ हाउस लिमिटेडले जनाएको छ ।

भाटभटेनीमा उक्त सेवा माछापुच्छ्रे बैंक, हिमालयन बैंक तथा मोको फोकसवान सोलुसन्सको सहकार्यमा सुचारु गरिएको बताइएको हो । उक्त स्टोरमा डाइनामिक नेपाल पे क्यूआर राखिएको हुँदा ग्राहकले सजिलै स्क्यान गरी भुक्तानी गर्न सक्ने जनाएको छ ।

हाल उक्त सुविधा माछापुच्छ्रे बैंक, मेगा बैंक, नेपाल क्रेडिट एण्ड कमर्स बैंक, एनआइसी एसिया, एभरेष्ट बैंक, हिमालयन बैंक, सानिमा बैंक, सनराइज बैंक, कामना सेवा विकास बैंक, गुडविल फाइनान्स, आइसीएफसी फाइनान्स, समृद्धि फाइनान्स, सेल पे, मोरु गरी १२ वटा मोबाइल बैंकिङ, दुईवटा वालेट र कनेक्टआइपीएस मोबाइल एपमा उपलब्ध रहेको एनसीएचएलले जनाएको छ ।

नेपाल पे क्यूआरमा बैंक, वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकमार्फत हालसम्म स्ट्याटिक क्यूआर, डाइनामिक क्यूआर, क्यूआर गेट वे र क्यूआर पोसमार्फत ७० हजारभन्दा बढी मर्चेन्टहरु आबद्ध भइसकेको बताइएका छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स