बजाज ग्रान्ड एक्स्चेन्ज फेस्टमा ७ हजारसम्म नगद छुट

काठमाडौं । बजाज मोटरसाइकलको लागि नेपालको एकमात्र आधिकारीक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले ‘ग्रान्ड बाइक्स, ग्रान्ड एक्स्चेन्ज, ग्रान्ड सेलेब्रेसन’ नाराको साथ ‘बजाज ग्रान्ड एक्सचेन्ज फेस्ट’ योजना ल्याएको छ । काठमाडौँको भृकुटीमण्डपमा आयोजना हुने यो एक्स्चेन्ज योजना असोज ७ गतेदेखि असोज १० गतेसम्म लागु हुनेछ ।

यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको पुरानो बाइकसँग बजाजको नयाँ बाइक साट्न सक्नेछन् । यसरी साटिएको बाइकको १८ भन्दा बढी भ्यालुएटर्सबाट भ्यालुएसन गर्न सकिनुको साथै प्रचलित बजार भ्यालुएसन भन्दा ७ हजार थप मूल्य पनि पाउन सकिनेछ ।

सरल किस्ताबन्दी र न्यूनतम डाउन पेमेन्टको साथ उपलब्ध यो योजनामा उपभोक्ताहरुले ७ हजारसम्मको नगद छुट पनि प्राप्त गर्न सक्नेछन् । यसको साथै हरेक दिन एक जना भाग्यशाली विजेताले सामसङ एम सिरिजको मोबाइल र आकर्षक डोर प्राइजेजहरु जित्न सक्नेछन् ।

यस एक्स्चेन्ज योजना अन्तर्गत उपभोक्ताहरुले टेस्ट राइड पनि लिन सक्नेछन र टेस्ट राइडमा सहभागि उपभोक्ताहरुले पनि आकर्षक उपहारहरु जित्न सक्नेछन् । यस एक्स्चेन्ज कार्यक्रममा उपभोक्ताहरुले विभिन्न निःशुल्क एसेसरिजहरु पनि पाउन सक्नेछन् ।

अशोज ७ गते अनुप्रास्थको प्रस्तुति रहने यस कार्यक्रममा पल्सर एन सिरिज पनि सार्वजनिक गरिने योजना रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स