इसेवा मार्फत बीमा शुल्क भुक्तानी गर्ने बीमित पोखरेलले जिते १ लाख रूपैयाँ

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स्को बीमा शुल्क इसेवा मार्फत भुक्तानी गर्ने बीमित पोखरेलले एक लाख रूपैयाँ पुरस्कार जितेका छन् । इसेवाले सञ्चालन गरेको ‘बीमाशुल्क भुक्तानी गरिन्छ, लखपति बनिन्छ’ योजनामा इलामका अनुपम पोखरेलले नगद एक लाख रूपैयाँ जितेका हुन् ।

इसेवाले बीमितहरुलाई घरमै बसेर बीमा शुल्क भुक्तानी गर्न प्रोत्साहन मिलोस् भन्ने उदेश्यले जेठ ५ गतेदेखि भदौ ५ गतेसम्म लखपति योजना सञ्चालन गरेको थियो ।

कार्यक्रममा नेपाल लाइफकी चिफ सर्भिसिङ विभाग प्रमुख रिता शर्मा तथा सिटिओ प्रमुख शरदचन्द्र प्याकुरेलको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको हो ।

योजनामा बम्पर उपहार बिजेता अनुपम पोखरेललाई बीमा गराउने अभिकर्ता रोहित पोखरेलले समेत २० हजार नगद जितेका छन् । साथै, पोखरेलले बीमा गरेको नेपाल लाइफ इन्स्योरेन्स्को इलाम शाखाले समेत नगद २० हजार प्राप्त गरेको छ । त्यस्तै, लखपति योजनाभर इसेवाबाट बीमा शुल्क भुक्तानी गर्ने ९४ जनाले नगद एक एक हजार रुपैयाँ जितेका छन् । इसेवाले हरेक हप्ता गोलाप्रथा मार्फत साप्ताहिक बिजेता चयन गरेको थियो ।

योजना अवधिभर इसेवामार्फत ४ अर्ब बढिको कारोबार भएको थियो ।

शुक्रबार एक कार्यक्रमकाबीच इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले बिजेताहरूलाई नगद हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा ईसेवाका सिईओ सुवास सापकोटाले डिजिटल भुक्तानी दुर दराजमा पुर्याउन इसेवा सक्रिय रहेको बताउँदै बीमा शुल्क भुक्तानीको झन्झटिलो प्रक्रियामा इसेवाको डिजिटफ भुक्तानी सेवाले सरल र विश्वसनीय बनाएको बताए ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स