नेप्सेमा अभियान लघुवित्तको सेयर सूचीकृत, ओपनिंङ रेञ्ज कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अभियान लघुवित्त वित्तीय संस्था लिमिटेको आइपीओ सूचीकृत भएको छ । शुक्रबार कम्पनीको १०० रुपैयाँ अंकित दरका कुल २५ लाख कित्ता सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सूचीकृत पश्चात उक्त सेयर आइतबारबाट धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

नेप्सेले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १०५.३६ रुपैयाँ र अधिकतममा ३१६.०८ रुपैयाँ तोकेको छ।

नेप्सेले जुन कुनै कम्पनीको आइपीओ पहिलो कारोबारका लागि कम्पनीको वास्तविक प्रतिसेयर नेटवर्थको आधारमा तोक्ने गर्दछ । सोही नेवटर्थको आधारमा लघुवित्तले उक्त रेञ्ज पाउने देखिएको हो ।

नेप्सेले अभियान लघुवित्तलाई ‘एभीवाईएएन’ कारोबार संकेत प्रदान गरेको छ।

लघुवित्तले गत साउन १८ गतेदेखि साउन २२ गतेसम्म आईपीओ निष्कासन गरेको थियो।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स