बाल्ट्राको ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना

काठमाडौं। चाडपर्वको यो मौसममा ग्राहक वर्गलाई लक्षित गर्दै बाल्ट्राले ‘बाल्ट्रा बम्पर बबाल’ उपहार योजना ल्याएको छ।

बाल्ट्राको कुनै पनि प्रडक्ट किन्दा लक्की ड्रमार्फत हरेक हप्ता पाँचजनाले इन्डक्स कुकिङ सेट जित्न सक्नेछन्। जसमा विजेताले पाउनेछन्। इन्डक्सन कुकटप, प्रेसर कुकर र कढाई।यसका साथसाथै बम्परमा पाँच जनाले १-१ तोला सुन जित्न सक्नेछन्।

नेपालभर रहेका बाल्ट्राका आधिकारिक बिक्रेता (डिलर, रिटेलर, एक्स्क्लुसिभ शोरुम तथा अनलाइन रिटेलर)बाट बाल्ट्राका जुनसुकै प्रडक्ट खरिद गर्ने ग्राहक यस प्रतियोगितामा सहभागी हुन सक्नेछन्।

सहभागी हुनको लागि <BALTRA><BBB><VAT/PAN BILL NO.><NAMEOFBUYER> टाइप गरी ३१००७ मा एसएमएस गर्नुपर्ने हुन्छ। उपहार दाबी गर्नका लागि विजेताले सामान खरिद गरेको भ्याट वा प्यान बिल ल्याउनुपर्नेछ।

यसका साथै उपहारमा लागू हुने कर विजेता आफैंले व्यहोर्नुपर्ने छ। यो उपहार योजना भदौ २८ देखि कात्तिक १४ गतेसम्मका लागिमात्र लागू गरिएको छ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स