वीर हस्पिटल अगाडिको औषधि पसलमा बालेनको डोजर, हेर्नुुस् फोटो फिचरमा

काठमाडौं । काठमाडौं महानगरपालिकाले वीर अस्पताल अगाडिका औषधि पसलहरूमा डोजर चलाएको छ । महानगरले त्यहाँ भएको अस्थायी टहरा हटाएको हो । वीर अस्पतालको सर्जिकल भवनतर्फ टाँसिएको अस्थायी टहरा र त्यहाँ सञ्चालन भएका औषधिलगायतका पसलहरू हटाएको हो ।

महानगरपालिकाले ती टहरमा नक्सा विपरीत भएको भन्दै बुधबार माइकिङ गरेर बिहीबार दिउँसो १ बजेसम्म खाली गर्न अल्टिमेटम दिएको थियो । बालेश साह काठमाडौं महानगरपालिको मेयर भएर आएपछि उनले टुकुचा खोलाको सार्वजनिक जग्गा पनि खाली अभियान शुरु गरेका छन् । यहि अभियानमा आज वीर अस्पतालमा अवैधानिक रुपमा बनेका टहरामा डोजर चलाएका हुन् ।
फोटोहरू

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स