मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका जुरिखेतमा यात्रु बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ ।

काठमाडौंबाट हेटौंडाका लागि छुटेको बा ३ ख ७८५८ नम्बरको बस भीमफेदीको आरोलोमा सडकबाट तल खसेर दुर्घटना भएको हो ।

दुर्घटनामा परेर ६ जनाको घटनास्थलमा मृत्यु भएको छ भने केही बसभित्र थिचिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि हेटौंडा लगिएको छ ।

मिनिबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स