९ अंकले घट्यो नेप्से, समलिङ पावरमा सर्किट कायमै, नबिलसहित यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । हिजो हरियाली छाएको सेयर बजारमा पुनः गिरावट आएको छ ।

बिहीबार, नेप्से परिसूचक ९.८३ अंकले घटेर १८३८.९६ अंक विन्दुमा आइपुगेको छ ।

आज २५ लाख ४२ हजारको कित्ता सेयर ६५ करोड ५७ लाखमा खरिद बिक्री भएको छ ।

त्यसैगरि, समलिङ पावर कम्पनीको सेयरमा ९.९८ प्रतिशतको सकरात्मक सर्किट लागेको छ ।

आज ३७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १४३ वटा कम्पनीको घटेको छ भने ५ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज नबिल बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २ करोड ५८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि,बोटलर्स नेपाल (तराई)को २ करोड ४१ लाख, अपि पावरको १ करोड ६१ लाख, रिडी हाइड्रोपावरको १ करोड ५७ लाख र अरुण काबेली पावरको १ करोड ५३ लाख रुपैयँमाथिको कारोबार भएको छ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स