काठमाडौं । बिहीबार छापावाल सुनको मूल्य ५ सय रूपैयाँले बढेको छ ।
बुधबार, छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएकोमा आज ५ सय रूपैयाँले बढेर ९१ हजार ८ सय रूपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
त्यसैगरी, बुधबार चाँदीको मूल्य प्रतितोला ११ सय ७० रुपैयाँ कायम भएकोमा आज १५ रूपैयाँले बढेर ११ सय ८५ रूपैयाँ कायम भएको छ ।