पालुंगटार । अर्थमन्त्री जनार्दन शर्माले इतिहास र वर्तमानमा राजनैतिक उचाइ हासिल गरेको गोरखा जिल्लाले यतिबेला विकास निर्माण र समृद्धिको सन्दर्भमा न्याय खोजेको बताएका छन् । त्यसको लागि एतिहासिक लिगलिगकोट र आधुनिक पालुङ्टारलार्इ जोडेर राजनैतिक इतिहास सहितको पर्यटन विकासलाई अगाडि बढाउनुपर्ने बताएका छन् ।
पालुङ्टारलाइ सुचनाप्रबिधिमा अघि बढाई स्मार्ट सिटि बनाउनुपर्ने भन्दै संघीय सरकार र अर्थमन्त्रालयबाट यसकोलागि सम्पूर्ण सहयोग हुने उनले बताए । स्मार्ट सिटिमा गरिवि र अभाव भन्ने कुरा हुँदैन। पालुंगटारले त्यो समृद्दिको उचाइ पनि हासिल गर्नेछ।ू उनले अहिले देशलाई उत्पादनसँग जोडेर आयातित वस्तुलाई विस्थापन गर्नुपर्नेमा पनि जोड दिए ।
नजिकै नदि बगिरहेको छ तर हामीले हाम्रा सुख्खा टार सिञ्चाइ गर्न सकिरहेका छैनौं, यो पानीलाई टारमा ल्याउने योजना प्राथमकितामा राख्नुपर्दछ । यसकालागि सरकारले पर्याप्त बजेट प्रदान गरेको छ बजेट खर्च गर्दै कामलाई द्रुत गतिमा अघि बढाउन अनुरोध गर्दछु( मन्त्री शर्माले पालुङ्ग्टारमा उपश्थित स्थानिय जनतालाई सम्बोधन गर्दै बताए।
देशमा एउटा पनि मल कारखाना नभएको र जापानिज कम्पनीले मल कारखाना खोल्न चासो राखेकाले भूगोल र विद्युत आपुर्तीका कारणले आफूले यसै क्षेत्रलाइ सिफारिस गरेको उहाले बताए । नेपालको मध्य पहाडी लोकमार्ग पालुङ्टार भएर अघि बढेको बताउदै उक्त राजमार्ग निर्माणको योजना माओवादी सरकारले ल्याएको पनि स्मरण गराए।
सघीयता कार्यन्वयनका लागि दलहरुवीच राजनैतिक एकता र सहकार्य अपरिहार्य भएकोले गठबन्धन दलका कार्यकर्ताले आफुलाई यो चिन्ह मन परेन, म सांसद बन्न पाइन भनेर मत विभाजन गर्नुहुँदैन भन्नेमा जोड दिए। यो गठबन्धन कसैलाई सांसद बनाउन र मन्त्री बनाउन नभएर ठुलो राजनीतिक परिवर्तन पछि स्थापना भएको व्यवस्थालार्इ मजबूत बनाउदै समाजवादको दिशामा अगाडी बढ्नको लागि भएको पनि उनले बताए।
सँघीयतालार्इ स्थापित गर्न सबै एक भएर अघि बढ्नु अहिलेको आवश्यकता रहेको बताउदै पालुङ्टारमा बसेर विकास भएन , हामीलाई विकास चाहियो भनेर भन्न पाउनु सँघीयताको उपलब्धि भएको पनि उनले बताए । संघीय लोकतान्त्रिक व्यवस्थाको अस्थित्व भनेको राजनैतिक पार्टीहरुको अस्थित्व रहेको बिचार व्यक्त गर्दै उनले जोड दिए ( संघ, प्रदेश र स्थानीय सरकार जनताको सेवक हो शासक होइन।
सरकारले लिएको राम्रो आर्थिक नीतिका कारण अहिले नेपालका आर्थिक सुचाङकहरु सकरात्मक अवस्थामा पुगेका बताउदै उनले केही तरलताको अभाव अझै कायम रहेको र यसमा सरकारले काम गरिरहेको पनि उनले बताए। बैंकमा व्याज पाउने उदेश्यले पैसा थुपारेर उत्पादन नहुने बताउदै बैंकले दिने गरेको व्याज घटाउन सरकार लागि परेको स्पस्ट पार्दै सबै नागरिकहरुलार्इ आत्मनिर्भर बनाउन सरकारले सक्दो प्रयास गर्ने उनले बताए।
दोस्रो लिगलिग पालुङ्टार महोत्सव उद्घाटनकालागि अर्थमन्त्री जनार्दन शर्मा बुधबार दिउसो पालुङ्टार आएका थिए । लिगलिग पालुङ्टार उद्योग वाणिज्य संघ गोरखाको आयोजनामा भैरहेको महोत्सव भदौ ११ गते सम्म चल्ने आयोजक संस्थाका अध्यक्ष मान बहादुर आलेले बताए ।