बढ्यो चामालको भाउ, प्रतिबोरा कति पुग्यो ?

काठमाडौं । चामलको खुद्रा मूल्य बढेको छ । भारतले निर्यातमा कर बढाएको भन्दै नेपाली व्यवसायीहरुले मनपरी चामलको खुद्रा मूल्य बढाएका हुन् ।

पछिल्लो १ हप्तामा जिरा मसिनो चामलको खुद्रा मूल्य किलोमा ८ रुपैयाँ र बोरामा २ सय रुपैयाँसम्मले बढेको छ ।

यसअघि १७ सय ५० रुपैयाँमा पाइने २५ किलो जिरा मसिनो चामलको भाउ अहिले प्रतिबोरा १९ सय ५० देखि २ हजारसम्म पुगेको खुद्रा व्यापारीहरुले जनाएका छन् । यो हालसम्मकै उच्च वृद्धि हो ।

यसअघि चामलको भाउ प्रतिबोरा ७५ रूपैयाँसम्मले मात्र बढेको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स