नेप्से १८३७ विन्दुमा आइपुग्दा यी १० कम्पनीको भयो सर्वाधिक सेयर खरिदबिक्री

काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।

मंगलबार, नेप्से परिसूचक ३८.८१ अंकले घटेर १८३७.६० अंक विन्दुमा आइपुगेको छ ।

आज ३८ लाख ५६ हजारको कित्ता सेयर १ अर्ब २२ करोड ९६ लाखमा खरिद बिक्री भएको छ ।

त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।

आज ७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १७८ वटा कम्पनीको घटेको छ भने २ वटा कम्पनीको स्थिर अवस्थामा रहेको छ ।

आज हिमालयन डिस्टिलरीको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज ५ करोड ६५ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

त्यसैगरि, रिडी हाइड्रोपावरको ५ करोड ३५ लाख, नबिल बैंकको ४ करोड ७३ लाख, अरुण काबेली पावरको ३ करोड २६ लाख र अपि पावरको ३ करोड ४ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स