काठमाडौं । एनएमबि बैंकले नेपाली नारीहरुको महान पर्व तीजको सप्ताहको अवसर पारेर आफ्नो ग्राहकहरुले क्युआरकोड, पोस वा ईएनएमबि एप प्रयोग गरी विभिन्न स्टोर्स र ब्राण्डको समान खरिद गर्दा १० प्रतिव वा ३०० सय रुपैयाँसम्म क्यास ब्याकको अफर ल्याएको छ ।
तीज नेपाली समुदायमा आफन्तजनसंग भेटघाट गरेर, दर खादै र नाँचगान गरेर रमाइलो संग मनाइन्छ । तीजको बेला सार्वजनीक स्थानमा ब्यक्ति ब्यक्तिबीच सम्पर्कमा रहँदा कोरोना संक्रमण हुने प्रवल सम्भावना हुने भएकोले यस परिवेशलाई मध्यनजर गदै बैंकले आकर्षक अफरहरु आफ्नो ग्राहक माझ प्रस्तुत गरेको हो ।
छुट सम्बन्धि थप जानकारी एनएमबि बैंकको वेबसाईटको एनएमबि भिसा कार्ड डिस्काउन्ट सेक्सनमा गएर प्राप्त गर्न सकिनेछ ।
बैंकले १८१ वटा शाखा, १३७ वटा एटीएमहरु, ९ वटा एक्सटेन्सन काउन्टरहरु मार्फत सेवा प्रदान गदै आइरहेको छ ।