काठमाडौं । सरकारले संविधान दिवसको अवसरमा उद्यमी उद्यमी व्यससायी एवम् बैकरहरूलाई सम्मान गरेको छ । सरकारले संविधान दिवसको अवसर पारेर सर्वोच्च मानपदवीबाट उद्यमी व्यवसायीका साथै अन्य व्यक्तिलाई सम्मानित गरेको हो । विभिन्न मान, पदवी र अलंकार पाउने ९ सय ९८ जनाको सूचीमा धैरैजना उद्योगी–व्यवसायी परेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीबाट मानपदवी, अलंकार तथा पदवी पाउनेमा उद्योगी व्यवसायीहरू नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र महासंघका पूर्वअध्यक्ष द्वय पशुपति मुरारकातथा कुशकुमार जोशी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद घिमिरे, एनएमबि बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल के.सी, होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणा, कुसुम लामा, राजेशकुमार अग्रवाल पनि सम्मानित भएका छन् ।
नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल र महासंघका पूर्वअध्यक्ष पशुपति मुरारकालाई सुकीर्तिमय राष्ट्रदीप पदवी दिइएको छ । ढकाल नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईएमइ समूहका अध्यक्ष हुन् भने मुरारका महासंघका पूर्व अध्यक्ष तथा विशिष्ट सदस्य हुन् । उनको अर्घाखाँची सिमेन्ट तथा अन्य दर्जनौं उद्योगं उद्योग व्यवसाय छ । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल पनि प्रबल जनसेवाश्री पदवी सम्मानित भएको छ ।
सरकारले उद्योगी स्वर्गीय प्रभाकरशमशेर जबरालाई सुप्रसिद्ध प्रबल जनसेवाश्री प्रदान गरिएको छ । व्यवसायीहरू कुशकुमार जोशी, जगदीशप्रसाद अग्रवाल, मुरलीधर रुङ्गटा, राजेशकुमार अग्रवाल, कुसुम लामा, अरुणकुमार केसी र बेनिगोपाल मुन्दडालाई सुप्रबल जनसेवा श्री दिइएको छ । सुप्रबल जनसेवाश्री पाउनेमा पर्यटन व्यवसायी राम थापा तथा रामबहादुर कोइरी र होटल व्यवसायी सिर्जना राणा पनि रहेका छन् ।
प्रबल जनसेवाश्री पाउनेमा व्यवसायीहरू सुशीलकुमार गोयन्का, यादव कुँवर, महेन्द्रकुमार श्रेष्ठ, सुनीलकुमार वंशल, ओमकार गौचन, बटु लामिछाने, दीपेन्द्रकुमार कलवार, सुवोधकुमार गुप्ता, भीमप्रसाद घिमिरे, सिताराम उप्रेती, सुरेन्द्रकुमार गोयल र चतुर्भुज अग्रवाल रहेका छन् ।
त्यस्तै, नरेशप्रसाद श्रेष्ठ, अशोककुमार वैद, प्रतापजंग पाण्डे, प्रेमकुमार श्रेष्ठ, प्रमोदकुमार अग्रवाल, गुणनिधि भण्डारी, दीपक कुँवर, सुरकृष्ण वैद्य, पवनकुमार अग्रवाल, शान्तकुमार उपाध्याय, कुमुदकुमार दुगड महिला उद्यमी लक्ष्मी शर्मालाई पनि प्रबल जनसेवाश्री दिइएको छ ।
कृषि उद्यमी खेमबहादुर केसी, गोविन्दप्रसाद थपलिया, यातायात व्यवसायी दधिराम खरेल र नर्सरी व्यवसायी बिन्दु गुप्ताले पनि प्रबल जनसेवाश्री पाएका छन् ।
व्यवसायीहरू गणेश कार्की, कृष्ण मुरारी अग्रवाल, जीवकान्त काफ्ले, योगेश घिमिरे, मानसिंह साउँद, राजु कार्की र अस्मिलाल भट्टराईलाई जनसेवाश्री पदवी दिइएको छ । पर्यटन व्यवसायी सुमनविक्रम पाण्डे र मिङ्मा शेर्पा र अटो व्यवसायी मिलनबाबु मल्ललाई पनि जनसेवाश्री पदवी दिइएको छ ।