सेगवे नेपालको ‘यो दशैं/तिहार सेगवे को साथ उपहार ७’ अफर सार्वजनिक

काठमाडौं । नेपालका लागि सेगवे सवारी साधनको आधिकारिक वितरक आईहव प्रा. लिले आगामी दशैं, तिहार र छठको अवसरमा ग्राहकहरुलाई आकर्षक छुट र पुरस्कारहरु उपलब्ध गराएको छ ।

यो अफर नेपालका सबै सेगवे ई-स्कुटरका लागि मान्य हुनेछ । ‘यो दशै/तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपांग्रे सवारी साधनको आक्रमक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

यस अफरमा ग्राहकहरुले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा, १०,००० नगद छुट एमेजफिट ब्यान्ड ५ वा एमेजफिट नियो ब्यान्ड, जस्ता निश्चित पुरस्कारहरू जित्न सक्नेछन् साथमा निःशुल्क बीमा र सडक कर पनि हुनेछ । साथै, ग्राहकहरूले लक्की ड्र मार्फत विभिन्न पुरस्कारहरू जित्ने अवसरहरू पनि प्राप्त गर्नेछन् ।

लक्की ड्र मार्फत २ जनाले किक स्कुटर (याफ४०), २ जनाले स्मार्ट फोन (मिजु एम१७) र ५ जनाले एमेजफिट जिटिएस २ स्मार्ट घडी जित्नेछन साथै एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र इएमआई को सुविधा पनि छ ।

सेगवेले मोपेड होस या वा रोबोट आफ्ना सम्पूर्ण उत्पादनहरूमा उत्कृष्टता निश्चित गरेको छ । यो ब्रान्ड एक ट्रेन्डसेटर भएको छ र यसका सबै उत्पादनहरू विश्वव्यापी स्तरमा प्रयोग भईरहेका छन् । यसका उत्पादनहरु मितव्ययी हुनुका साथै ठूलो बजारलाई आकर्षित गरिरहेको छ । नयाँ सार्वजनिक र रोमाञ्चक उत्पादनहरूका साथ सेगवेले साझा मोबिलिटी क्रान्ति र नवीन समाधानहरूको साथ नेपालको सवारीसाधन बजारमा थप विस्तार गर्ने आफ्नो महत्वाकांक्षालाई पुनः बलियो बनाएको छ ।

यदि तपाईं यो चाडपर्वमा उत्कृष्ट अफरको साथ आकर्षक स्कुटर खोज्दै हुनुहुन्छ भने सेगवे ई–स्कुटरहरू तपाईंको रोजाइ बन्न सक्छन् र यसको शोरुम राईजिङ मलमा रहेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स