काठमाडौं । सेयर बजारमा गिरावट आउने क्रम जारी रहेको छ ।
आइतबार, नेप्से परिसूचक ३३.९७ अंकले घटेर १८७६.४१ अंक विन्दुमा आइपुगेको छ ।
आज ६२ लाख ९६ हजारको कित्ता सेयर १ अर्ब ६० करोड १८ लाखमा खरिद बिक्री भएको छ ।
त्यस्तै, उपसमूहतर्फ सबै कम्पनीहरुमा राताम्मै देखिएको छ ।
आज ८ वटा कम्पनीको सेयर मूल्य बढ्दा १८० वटा कम्पनीको घटेको छ ।
आज लक्ष्मी बैंकको सर्वाधिक सेयर खरिदबिक्री भएको छ । कम्पनीको आज २१ करोड ३८ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।