कोभिडले अर्थतन्त्र थिलथिलो भएको अवस्थामा उच्च सवारी भने आयात

काठमाडौं । आर्थिक वर्ष २०७७/७८ मा नेपालमा सबैभन्दा धेरै सवारी आयात भएको देखिएको छ । गत आवमा ४ लाख ७८ हजार ७२ वटा सवारीसाधन आयात भएको छ ।

यस अघि सबैभन्दा धेरै २०७३/७४ मा ४ लाख ४४ हजार २५९ वटा सवारी आयात भएको थियो । आव २०७३/७४ को तुलनामा गत आव ८ प्रतिशतले सवारी आयात बढेको हो । आव २०७६/७७ मा २ लाख ४५ हजार २२२ वटा सवारी आयात भएको थियो ।

गत आवमा सबैभन्दा धेरै मोटरसाइकल आयात भएको छ । ३ लाख ५३ हजार ५३४ वटा मोटरसाइकल आयात भएको छ । अघिल्लो आवमा २ लाख ९ हजार ६७१ वटा मोटरसाइकल आयात भएको थियो ।

गत आवमा ट्रयाक्टर ५८ हजाार ३८५ वटा आयात भएको छ । टेलर, सेमि टेलर २२ हजार ७२७ वटा, मिनी बस १५७, बस २२२, एम्बुलेन्स ४६०, जिप,/कार,/भ्यान १४ हजार ८३२, माइक्रोबस ३३, जिप,/कार,/भ्यान (हाइब्रिड) १५, अटोरिक्सा ४ हजार १५१ वटा आयात भएका छन् ।

इलेक्ट्रिक ३ ह्वीलर ४ हजार ७९७, इलेक्ट्रिक कार/जिप,/भ्यान २६१, डम्बर, मिनी ट्रक ८१२, पिकअप ७ हजार ७०८, डेलिभरी भ्यान ९८९, क्रेन–लोरी ८ वटा आयात भएका छन् ।

कंक्रिट मिक्सर लोरी १४०, एयरर्पोट र उद्योगमा प्रयोग हुने इलेक्ट्रिक सवारी १ हजार ६६१, ट्रक/टिपर ३ हजार ७०८, इलेक्ट्रिक मोटरसाइकल २ हजार ३३३ र ट्यांकर १ हजार १३९ वटा आयात भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स