सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डपमा

काठमाडौं । सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ भृकुटी मण्डप, काठमाडौंमा भाद्र ३१ देखि असोज २ गतेसम्म हुँदैछ । यो एक्स्पो खाद्य, पेय पदार्थ र आतिथ्यतामा विशेष केन्द्रित छ । नेपालमा यस क्षेत्रको बृद्धिका लागि मान्यता प्राप्त यो एक मात्र एक्स्पो हो । विगतका दशकमा होटल, रेस्टुरेन्ट, बार, क्याफे, बेकरी र पार्टी प्यालेसहरू अपेक्षाभन्दा धेरै बढेको छन् । त्यसैगरी, टेक-अवे फूड आउटलेट, फाष्ट फुड क्याफे , किराना पसल र सुपर-मार्केटहरू पनि हाम्रो छर-छिमेकमा उल्लेख्य संख्यामा खुलेका छन् ।

गत कोरोनाकाल अर्थात् तीन बर्ष पश्चात, विगतका बर्षहरु मध्ये यस बर्ष पनि हुन लागेको “सेन्चुरी फूड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२” सबैभन्दा महत्त्वपूर्ण संस्करण हुनेछ । “कोरोनाकाल पश्चात धेरै क्रेता, बिक्रेताहरू र  व्यवसायीहरु कोभिड महामारीको चपेटामा पर्दै आइरहेकाछन् । यसकारण यस बर्षको सेन्चुरी फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२२ मा सबै खरीददार र विक्रेताहरु बजारमा पुराना मध्ये को-को अझै कायम छन्  ।

२०१५ को भूकम्प , कोरोना महामारी जस्ता कहालीलाग्दा प्रकोपले देशको सम्पूर्ण क्षेत्रमा ठूलो मात्रामा फेरबदल गर्दछ। बजारमा कुन-कुन  फुड, बेभरेज एण्ड हस्पिटालिटी कम्पनीहरु छन् र हाल के-के गर्दैछन् भनि बुझ्न र  उद्योगका सरोकारवालाहरुको  बजार रूपान्तरणमा सुरक्षित अवतरण सुनिश्चित गर्न FBH 2022 आयोजक तपाईंहरुलाई यस कार्यक्रममा भ्रमण गर्न आवहान गर्दछ ।

हाल पूरा बिश्व नै यस्ता चुनौतीहरूबाट गुज्रिरहेको बेलामा सेन्चुरी FBH 2022 ले यो कार्यक्रम आयोजना गर्दैछ । FBH 2022 मा  पहिले भन्दा धेरै प्रतिस्पर्धी ,सोर्सिङ र सुरक्षित आपूर्तिहरू बारे जानकारी पाउन सकिनेछ तसर्थ  FBH 2022 धेरै महत्त्वपूर्ण भएको आयोजक दाबी गर्छ ।

सेन्चुरी FBH 2022 ले लगभग ३०,००० आगन्तुकहरूलाई आकर्षित गर्ने अपेक्षा गरिएको छ जसमध्ये व्यापारिक आगन्तुकहरु १२,००० भन्दा बढी हुने अपेक्षा गरिएको छ । यसले होटल व्यवसायीहरू, रेस्टुरेन्ट संचालक/प्रबन्धकहरू , क्लब , बार/पब मालिक  प्रबन्धकहरू , पार्टी प्यालेसका मालिक प्रबन्धकहरू, क्यान्टीन सञ्चालक , स्कूलहरू, कलेजहरू, होस्टलहरू र अस्पतालहरू, खाना पकाउनेहरू, शेफहरू, बारटेन्डरहरू, सुपर-मार्केटहरू र किराना पसलहरू , स्टोर मालिकहरू  प्रबन्धकहरू, बेकरीहरू, स्न्याक्स र प्रशोधित खाद्य उत्पादकहरू, कृषि प्रशोधन उत्पादकहरू आदि लाई FBH 2022 बिशेष आकर्षित गर्ने आयोजक बताउँछन् ।

यस कार्यक्रम मार्फत् आगन्तुकहरुले खाना, पेय पदार्थ र आतिथ्य उत्पादन तथा सेवाहरूको बारेमा विस्तृत रुपमा बुझ्न पाउनेछन् । यहाँ करिब ६०% विगत वर्षहरूबाट र बाँकी नयाँ (पहिलो पटक) प्रदर्शकहरु रहने सेन्चुरी फुड एण्ड ड्रिंक्स एण्ड हस्पिटालिटी २०२२ मा करिब १५० कम्पनीहरुबाट करिब ५००० उत्पादन र सेवाहरु प्रस्तुत गरिनेछ।

यस बाहेक कार्यक्रममा कम्पनीहरुले आफ्नो प्रडक्ट को विशेषता, स्किम वा अफर्स, स्वाद आदि को बारेमा विष्तृत  जानकारी दिने भएकाले आगन्तुकहरुका लागि नयाँ खाना र पेय पदार्थहरूको  स्वाद लिन यो एक उत्कृष्ट अवसर हो । साथै यो कार्यक्रम  फुड, बेभरेज एण्ड हस्पिटालिटी बारे अवलोकन गर्न, अन्तरक्रिया गर्न, भाग लिन वा नयाँ सम्पर्कहरू बनाउन र जानकारी प्राप्त गर्न आगन्तुकहरूको लागि एउटा महत्पूर्ण स्थान हुनसक्ने आयोजक बताउँछन् ।

नेपालीहरुको महान चाड दशैं-तिहार साथै अरु ठूला चाडबाड जस्तै क्रिसमस, नयाँ वर्ष, र विवाह समारोह इत्यादी मा मिठा मिठा परिकारहरु पस्कन FBH 2022 ले ठूलो सहयोग पुर्याउने छ साथै सबै खाना र पेय सम्बन्धिको जीवनशैलीमा FBH 2022 ले अनुकरणीय भूमिका खेल्न सक्नेछ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स