प्रतिनिधिसभाबाट बीमा विधेयक बहुमतले स्वीकृत

काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकले बीमा विधेयकमाथि राष्ट्रियसभाबाट भएका संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ ।

अर्थमन्त्रीको समेत कार्यभार सम्हालेकी ऊर्जा, जलस्रोत तथा सिँचाइमनत्री पम्फा भुसालले प्रस्तुत गरेको ‘बीमा विधेयक, २०७९’ माथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत भएको हो ।

प्रतिनिधिसभाबाट विधेयक पारित भएसँगै अब राष्ट्रपतिबाट प्रमाणीकरण भएर राजपत्रमा प्रकाशित भएपछि विधेयक कानूनको रुपमा कार्यान्यनमा आउनेछ। बीमा विधेयक कार्यान्वयनमा आएपछि बीमा समिति बीमा प्राधिकरणमा रुपान्तरण हुने व्यवस्था छ।

समितिले बीमा विधेयक चाँडै कार्यान्वयनमा ल्याउने जानकारी दिएको छ । विधेयक कार्यान्वयनमा आएपछि बीमा समिति प्राधिकरण बन्ने छ । बीमा बिधेयक गत साउन २९ गते प्रतिनिधिसभाबाट स्वीकृत भएर भदौ २१ गते राष्ट्रियसभामा पेश भएर सर्वसम्मतले स्वीकृत भएको थियो ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स