सिटिजन्स बैंक इन्टरनेशनलको असोज महिनामा यस्तो छ निक्षेप तथा कर्जाको ब्याजदर (कुन खातामा कति ब्याज)

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनलले बचत खातामा नै ७ प्रतिशतभन्दा बढी ब्याज दिने भएको छ । बैंकले आज भाद्र ३१ गते सार्वजनिक गरे अनुुसार असोज महिनामा ७.१३ प्रतिशतदेखि ९.१३ प्रतिशतसम्म ब्याज दिने भएको छ । बैंकले शुन्य ब्यालेन्सदेखि १ लाखसम्मको बचतमा सो ब्याजदर दिने भएको हो ।

बैंकले ३ महिनाभन्दा बढीको व्यक्तिगत मुद्दति खातामा १२.१३ प्रतिशत र सोहि अवधिको बोलकबोल संस्थागत मुद्दति खातामा १०.१३ प्रतिशत ब्याजमा ०.५० थप प्रतिशत गरि ब्याज दिने निर्णयसहित आज शुक्रबार सूचना जारी गरेको छ ।
३ महिनाभन्दा बढी १० वर्षसम्मको व्यक्तिगत निक्षेपमा १२.१३ प्रतिशत र संस्थागत निक्षेपमा बोलकबोल १०.१३ प्रतिशत ब्याजमा ०.५० प्रतिशत ब्याज थप गर्न पाउने भएको छ ।

बैंकले अन्य मुद्दति खातामा भने खातामा रहने रकम र अवधिको आधारमा ब्याजदर तोेकेको छ । बैंकले १८ वर्षसम्मको ब्याजदर तोकेको छ । यसका साथै विदेशी मुद्राको पनि छुट्टाछुट्टै ब्याजदर तोकेको छ ।

बैंकले कर्जातर्फ पनि क्षेत्रगत रुपमा ब्याजदर तोेकेको छ । बैंकले कर्पोरेट लोनमा बेसरेटमा ४.७५ प्रतिशतदेखि ६ प्रतिशतसम्म कन्जुमर लोनमा ७ प्रतिशतदेखि २ प्रतिशतसम्म, सिटिजन्स एसएमई लोनमा ७ प्रतिशत, अन्य कर्जामा भने ८ प्रतिशतदेखि १० प्रतिशतसम्म ब्याजदरमा प्रिमियम जोड्ने भएको छ ।

बैंकले फिक्स ब्याजदरको समेत ब्याजदर प्रकाशित गरेको छ । ५ वर्ष अवधिदेखि १६ वर्षसम्म अवधिको होम लोनमा १४ प्रतिशतदेखि १४.७५ प्रतिशतसम्म, मोटरेज लोनमा १४.५० प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याज लिने गरी ब्याजदर सार्वजनिक गरेको छ । सिटिजन्स एजुकेशन लोनमा ५ वर्षसम्मको लागि १४.५० प्रतिशत, ६ वर्षदेखि १० वर्षसम्मको लागि १४.७५ प्रतिशत र ११ वर्षदेखि १५ वर्षसम्मको लागि १५ प्रतिशत ब्याजदर तय गरेको छ ।

त्यसरी नै प्राइभेट लोन लिने ऋणीले ५ वर्षसम्म साढे १४ प्रतिशत र १० वर्षसम्मको लागि १४.७५ प्रतिशतसम्म ब्याजदर तय भएको छ । कमर्शियलय लोनको लागि १४.७५ प्रतिशत, फाष्ट ट्रयाक लोनमा १४.७५ प्रतिशतदेखि १५ प्रतिशतसम्म, बिना धितो कर्जामा १५ प्रतिशत, वान जोन वान प्रडक्टमा १४.७५ प्रतिशतदेखि १५ प्रतिशतसम्म र माइक्रोफाइनान्स लोनमा १३ प्रतिशतदेखि १५ प्रतिशतसम्म ब्याजदर निर्धारण भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स