एभरेष्ट बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक(सूचीसहित)

काठमाडौं । एभरेष्ट बैंकले असोज महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा १२.१३ प्रतिशत ब्याज दिने छ भने संस्थागतमा १०१३ प्रतिशत ब्याज पाइने छ ।

विप्रेषण मुद्दती निक्षेपमा भने १३.१३ प्रतिशत ब्याज पाइने जनाएको छ। तीन महिना वा सो भन्दा बढी अवधिका लागि यस्तो निक्षेपमा १३.५० प्रतिशत ब्याज दिने जनाएको छ । बचत तर्फ ७.१३ देखि ८.१३ प्रतिशतसम्म ब्याज पाइने छ ।

बैंकको साउन मसान्तसम्मको आधार दर ८.९२ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा आधारदरमा ७ प्रतिशत प्रिमियर थपिने छ । बैंकबाट कर्जा लिँदा अधिकतम १५.९२ प्रतिशत ब्याज लाग्ने छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स